कोरोना संक्रमित ६६ जना थपिए

14

काठमाडौं– नेपालमा आज थप ६६ जना कोरोना भाइरस (काेभिड १९) संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४१११ जनाको गरिएको पीसीआर परीक्षणमा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।गत २४ घण्टामा ५८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म संक्रमणमुक्त हुने २ लाख ७० हजार ८ सय ८६ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।  कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एकजनाको पनि मृत्यु भएन । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ ।

गत २४ घण्टामा काठमाडौंमा २४, भक्तपुरमा १ र ललितपुरमा २ गरी उपत्यकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here