बालकले लागूऔषध बोकेर ल्याएको अवस्थामा पक्राउ

103
काठमाडौं । पाँच हजार पाइने प्रलोभनमा परेका एक बालकले लागूऔषध बोकेर उपत्यका ल्याएको अवस्थामा पक्राउ परेका छन् ।

करिव पाँच लाख बराबरको लागूऔषधसहित रौतहटबाट ना ८ ख ११०४ नम्बरको बस चढेर काठमाडाैं उपत्यका भित्रदै गरेकाे अवस्थामा १३ वर्षीय बालक चेकजाँचका क्रममा नागढुंगाबाट पक्राउ गरेकाे थियाे ।

प्रहरीद्धारा पक्राउ गरेपछि बालकले बाटो खर्चदेखि बसको टिकट र पाँच हजार दिने प्रलोभनमा परेर आफूले झोला बोकेर काठमाडौं आएको बताएका छन् । साथै झोलामा के समान रहेको भन्ने आफूलाई थाहा नभएको पनि उनले जनाएका हुन् ।

प्रहरीले उनको साथबाट बरामद रहेको झोलामा डाइजेपाम, सातसय एम्फुल, फेनारगन ६ सय एम्पुल र नुर्फिन छ सय एम्पुल गरी एकहजार नौ सय एम्पुल फेला पारेको पनि प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here