ग्रहमा ‘एलियन’ हुन सक्ने ‘सुपर अर्थ’ फेला

181

काठमाडौ । मान्छे जस्तो अर्को ग्रहमा कुनै जन्तुको (एलियन) खोजी कार्यमा ठोस उपलब्धि प्राप्त हुन सकेको छैन् । पृथ्वी जस्तो सतह र तापक्रम भएको ग्रहको खोजी गरिरहेका वैज्ञानिकहरूले एलियन हुन सक्ने त्यस्तो आकाशीय पिण्डको खोजी गरेका हुन् । यसलाई ‘सुपर अर्थ’ भनिएको छ ।

‘सुपर अर्थ’ शुक्र ग्रह ‘भेनस’ भन्दा हलुका चिसो हुने सतहको तापक्रम भएको आकाशीय पिण्ड हो । यसको वातावरणमा एलियन हुन सक्ने यस विषयमा अध्ययन गर्नेहरू जनाएका छन् ।

म्याक्सप्लांक इन्स्टिच्युटका आकाशीय पिण्डहरूको अध्ययन गर्ने खगोलशास्त्रीहरूले विभिन्न विधिको प्रयोग गरी २६ प्रकाश वर्षको दूरीमा कुनै रातो पुड्को पुड्को तारा वरिपरि एलियनको संसार घुमिरहेको पत्ता लगाएका छन् ।

ग्लिस फोरएटसिक्सबी नाम गरेको एक मात्र ग्रह हो जसले त्यो ताराको परिक्रम गरिरहेको पत्ता लागेको छ । जसको अर्धव्यास पृथ्वीको भन्दा १.३ गुना ठूलो छ र पिण्ड २.८ गुना बढी रहेको छ ।

यस ग्रहमा आइरन सिलिकेटको यौगिक पृथ्वीमा पाए जस्तै पाइएको छ । अध्ययन टोलीको अनुसार यसको सतहको तापक्रम ४२८ डिग्रि सेल्सियस रहेको छ ।

यस ग्रहमा जीवन बाँच्ने वातावरण रहेको विषयमा थप अध्ययन हुनुपर्ने उनीहरूको धारणा रहेको छ । ग्लिस फोरएटसिक्सबीको विषययमा पत्ता लागेका संक्षिप्तरूपमा अर्धव्यास पृथ्वीको भन्दा १.३०५ गुना बढी,पिण्ड २.८२ गुना पृथ्वीको भन्दा बढी,कक्षामा परिक्रमा गर्ने अवधि १.४६ दिन लाग्छ, तापक्रम ४२३ डिग्री सेल्सियस, दूरी २६ प्रकाश वर्ष टाढा, ताराको प्रकार रातो पुड्को विवरण सार्वजनिक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here