निर्वाण चौधरी योङ ग्लोबल लिडर्स-२०२१ मा छनोट

102

सन् २००४ मा वल्र्ड इकोनोमिक फोरमका संस्थापक तथा कार्यकारी अध्यक्ष क्लाउस स्क्वाबद्वारा स्थापित फोरमले अन्तरसम्बन्धित विश्वव्यापी मुद्दा र चुनौती सामना गर्न तथा निकासको बाटो पहिल्याउन सघाउँछ । यो फोरम नेतृत्व उत्सव मनाउने विश्वव्यापी मञ्च बनेको छ ।

फोरममा १२० भन्दा बढी मुलुकका १,४०० सदस्य-पूर्वसदस्य छन् । यीमध्ये कतिपय सदस्य सरकार प्रमुख, ‘फच्र्युन ५०० कम्पनी’का कार्यकारी, नोबेल र ओस्कार विजेता, राष्ट्रसंघका सद्भावना दूत आदि छन् । हरेक वर्ष विश्वभरबाट चुनिएका हुने हजारौं उम्मेदवारमध्ये छनोट समितिले क्षमता र समावेशिताका आधारमा १ सयदेखि १५० नयाँ सदस्य छनोट गर्छ । यो वर्ष १० हजार उम्मेदवारबाट ५६ मुलुकका ११२ नयाँ सदस्य छानिएका छन् ।

फोरममा छनोट भएपछि निर्वाण चौधरीले विश्वस्तरीय मञ्चमा सहभागी हुन पाउँदा हर्षविभोर भएको प्रतिक्रिया दिएका छन् । “विश्वभर उद्यमशीलता र नेतृत्व विकासमा योगदान पु¥याउँदै आएको फोरमबाट म सधैं प्रेरित रहँदै आएको छु । फोरमले विभिन्न क्षेत्र, मुलुक र पहिचान बोकेका समुदायमा नेतृत्व विकासका लागि पुलको भूमिका खेल्दै आएको छ,” चौधरी भन्छन्, “म यस्तो मञ्चमा सहभागी हुन पाउँदा गर्व गर्छु । आउँदो विश्वलाई सुखी र समृद्ध बनाउन प्रयासरत यो ब्याचका मेधावी सदस्यहरूसँगको अन्तक्र्रियाबाट मैले धेरै कुरा सिक्ने अवसर पाउनेछु । यसले अन्ततः आउने पिँढीका लागि समुन्नत समाज निर्माणमा सघाउनेछ ।”

फोरमले दिगो आर्थिक र सामाजिक विकासका लागि नेतृत्वको चेतना र क्षमता अभिवृद्धिमा लगानी गर्छ । विश्वभरका वैभवशाली उदाहरणहरू मार्फत फोरमले नवप्रवेशी सदस्यहरूलाई उत्प्रेरणा जगाउँछ । नेतृत्वदायी भूमिकामा रहेर गर्न सकिने र गर्नुपर्ने विविध पक्षबारे प्रकाश पार्छ । प्रभावशाली नेतृत्व उत्पादनमा जोड दिन्छ । भरोसाको जगमा उभिएको सम्बन्ध र प्रेरणा तथा सामूहिक कार्यशैलीका कारण सदस्यहरू विश्वव्यापी चुनौती सामना गर्न सक्षम हुने फोरमको विश्वास छ । काराेबार डेल्लीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here