असारदेखि हिमाली क्षेत्रमा शैक्षिक सत्र सुरु

83

काठमाडौं । यो वर्ष हिमाली जिल्लामा पनि जेठमा नै शैक्षिक सत्र सकिने र असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने समाचार प्राप्त भएकाे छ ।

प्रायः जसाे फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने हिमाली जिल्लामा कोरोनाको कारण नयाँ शैक्षिक सत्र अन्य जिल्लाहरुसँगै असारबाट नै हुने भएको हो ।

मुगु र कालीकोट जिल्लाको केही क्षेत्र र हुम्ला, जुम्ला, डोल्पा, मनाङ, मुस्ताङ जिल्लामा हिउँदमा हिमपातका कारण विद्यालयमा प्रतिकूल प्रभाव पर्ने भएकोले फागुन १ देखि नयाँ शैक्षिक सत्र सुरु हुँदै आएको थियो । तर यो वर्ष कोरोनाको कारण पठनपाठनमा असर परेकोले सबैतिर एउटै समयमा शैक्षिक सत्र अन्त्य र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए।
उनले भने, ‘कोरोनाको कारण फागुनबाट नयाँ शैक्षिक सत्र सुरु गर्न सक्ने अवस्था भएन । त्यसैले ती जिल्लाहरुमा पनि असारबाटै सुरु हुन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here