विदेसिने युवाको कथामा बनेको ‘लालुमै’ सार्वजनिक

218

काठमाडौ- ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’ सार्वजनिक गरिएको छ। मनोवादको आवाज, शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन्।

स्वदेशमै घर, संसार र सम्भावना हुँदाहुँदै ठूलठूला सपना बोकेर विदेशिने युवाहरूको घरपरिवार र देशप्रतिको प्रेमकथा हो ‘लालुमै’। गीतको सङ्‍गीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन्।

  सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमिला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा, विजय बराल, घनश्याम जोशी, मौसम खड्का, राज न्यौपाने, उत्तमराज पाण्डे, शक्ति राई, उमेश तामाङ, रञ्‍जना ओली र सुरज तमुलगायतको अभिनय गरेका छन् ।  रहेको छ। नवीन बाबु गुरुङ र सुशील तामाङले संयुक्त रूपमा खिचेको भिडियोको सम्पादन र कलरिङ निशान घिमिरेले गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here