काठमाडाैं । नेपाली कथानक चलचित्र बदला रिटर्नसमा चार वटा गीतमा सुर्य राई दनुवारकाे संगीत रहने भएकाे छ ।
घनश्याम तिमल्सिना एन्टिनाद्वारा निर्देशित यस चलचित्रकाे निर्माण टाेलीले उनलाई सङ्गितकारको रूपमा चयन गरेका हुन् । चारमध्य एक सेन्टिमेन्टल, दुई रोमान्टिक, तथा एक सामूहिक गीत हुने भएकाे छ । साे गीतहरूमा साहित्यकार नारायण नेपाको शब्द रहेकाे छ।
सामाजिक विषय बस्तुमा निर्माण भइरहेकाे यस चलचित्रको ८०% छायांकन सम्पन्न भएको छ । गीतहरूको मंगलवारबाट दृश्य खिचिने भएकाे छ ।
एक दशक भन्दा लामाे समय देखि सांगीतिक क्षेत्रमा कृयाशिल सुर्य राई दनुवार रौतहट चन्द्रनिगाहपुरमा जन्मेका हुन् । भाेजपुरी, नेपालभाषा लगायत गरी उनले सयभन्दा धेरै गीतमा सङ्गीत दिइसकेका छ्न । निर्माण टाेलीका अनुसार बदलिँदो समय परिवेश सुहाउँदो गीत समावेश गरिन लागेकाे जानकारी दिए ।