प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : सांसद दुर्गा पौडेल

321

काठमाडाैं-राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले देशको निकासका लागि प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा दिनुपर्ने जनाएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले अहिले देखिएका सबै अस्थिरताको जड ओली भएको भन्दै राजीनामा माग गरेकी हुन्।

‘संसद विघटन र नेकपा विभाजनमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार छन्’ उनले भनिन् ‘प्रतिनिधि सभा पुन:स्थापना भएकोले देश र जनताको हित र स्थिरताका लागि उहाँले राजीनामा दिनुपर्छ र संयुक्त सरकार बनाउनु पर्छ।’ नत्र संसदमा अराजनीतिक सौदावाजीको खेल हुने उनको दाबी छ।

मृत्यु शय्यामा धकेलिएको प्रतिनिधि सभा ब्युँताएकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिँदै उनले यो आन्दोलनमा एकीकृत भएर लागेकोमा खुशी लागेको जनाइन्। ‘समस्या सुल्झेको छैन, राजनीतिले नयाँ मोड लिएको छ’ उनले भनिन्’, ‘अहिले संसदमा अस्थिरता नियनत्रण हुन नसके विदेश चलखेल हुने अवस्था देखिएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here