नेकपा माकेको स्थायी कमिटी बैठक सिहंदरबारमा

65

काठमाडौं — नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिहंदरबारमा रहेको संसदीय दलको कार्यालयमा बसिरहेको छ । यसअघि उक्त बैठक पार्टी कार्यालय पेरिसडाँडामा तय गरिएकाे थियाे ।

बिहान साढे आठ बजेदेखि सुरु भएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, सांगठनिक काम, एमालेमा गएका नेतामाथि कारबाही, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने भएको छ ।

माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।  फागुन २९ मा बसेको स्थायी कमिटी बैठकले पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

साथै नेकपा एमालेको केपी ओली पक्षले फागुन २८ मा विस्तार गरेको केन्द्रीय कमिटीमा रहेका माओवादी तर्फका नेताहरूलाई २४ घण्टाभित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र पठाउने निर्णय पनि गरेको थियो । तर, सरकारमा रहेका मन्त्रीहरुले कुनै जवाफ नदिएको र एमालेमै बस्ने निर्णय लिएपछि उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी पनि माओवादीले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here