माक्र्सवादी स्कुलिंग : कम्युनिष्टहरूमा टुटेको कडी

212

– हुकुमबहादुर सिंह

२०२९ सालतीर त्यसवेला नेपालमा चारथरी पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंह, कोअर्डिनेशन केन्द्र–कोके(वर्तमानको एमाले) र केशरजंग रायमाझीले नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरू चर्चामा थिए । कोके भन्ने पार्टीमा खासै कुनै एकजनाको नाम नेताका रूपमा राष्ट्रिय स्तरमा स्थापित थिएन, त्यसवेला । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा संशोधनवादको प्रतिनिधित्व गर्ने तत्कालिन रूसी कम्युनिष्ट पार्टीको नेपालमा प्रतिनिधित्व गर्ने केशरजंग रायमाझी थिए जसको विद्यार्थी क्षेत्रमा फेडरेशन भनिन्थ्यो ।

काठमाण्डौको त्रिचन्द्र कलेजमा आइ एस्सी पढदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन)को नेतृत्वमा गठित काठमाण्डौ जिल्ला संगठन समितिको सम्पर्कमा आएर काम गर्दै जादा २०३१ श्रावण ३० गते त्यसको सदस्य भएको जानकारी प्राप्त गरियो  । त्यसपछि माक्र्सवादी दर्शन, साहित्यआदिको अध्ययनको आवश्यकता र महत्व बुझन थालेको पनि करीव पाँच दशक भयो । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको पनि ७१ वर्ष भयो । त्यसका सुरूका केही दशकसम्म कम्युनिष्ट पार्टीभित्र माक्र्सवादी शिक्षाको महत्व र आवश्यकता उच्च थियो । चौथो महाधिवेशनभित्रको स्कूलिंगले परम्परागत माक्र्सवादलाई बलियो गरी पक्डने प्रयास गरेको थियो । स्कुलिंगमा पढाइने विषयहरूमा राष्ट्रिय रूपमा नेपाली कांग्रेस, भारतीय विस्तारवाद, पुष्पलालको ‘कांग्रेसपरस्त’ राजनीति र अन्तराष्ट्रिय रूपमा सोभियत संघको ख्रुश्चेभी संशोधनवाद, चीनीया“ क्रान्ति प्रमुख थिए । चौथो महाधिवेशन खासगरी मोहनविक्रम पुष्पलालप्रति, नेपाली कांग्रेस र भारतीय विस्तारवाद प्रति आक्रमक देखिन्थे र तत्कालिन राजतन्त विरूद्ध त्यति आक्रमक थिएनन् । यद्धपि २०३२ सालमा राजतन्त्र विरोधी एउटा पर्चा छरेर राजतन्त्रप्रतिको आफ्नो दृटिकोण स्पष्ट पार्ने प्रयास गरेको पाइन्छ । जसमा राज्यले ठूलै शक्ति लगाएर दमन गरेको थियो । कैयौ कार्यकर्ता गिरफ्तार गरिएका थिए र तिनीहरूमाथि अमानवीय यातना दिइएको थियो र कैयौ भूमिगत भएका थिए । उपत्यकामा पहिलो अनुभव थियो, भूमिगत तरिकाले रातीमा त्यो पर्चा काठमाण्डौका गल्लीहरूमा छरिएका थिए र अर्को विहानै त्यसले काठमाण्डौ वासीहरूमा एक प्रकारको डर र उत्साहा दुवै ल्याएको थियो ।

त्यसवेला भोटाहिटीमा रहेको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक मध्ये नीरञ्जन गोविन्द वैद्यको एउटा मात्रै माक्र्सवादी किताब पसल थियो । सचित्र चीन त्यस समय कम्युनिष्टहरूबीच आक्रषर्णको म्याग्जीन थियो, किन्न नपर्ने, सित्तैमा पाइने । त्यसवाट माओकालिन चीनको उन्नती र प्रगतिबारे सचित्र र सजीव वर्णन पढन पाइन्थ्यो । विद्यार्थीले किताबमा कभर हाल्ने देखि काठमाण्डौका पुराना घरका कोठाहरूका भाडाका भित्ता सज्याउन तिनको प्रयोग निकै गरिन्थ्यो । कोरीयन पत्र पत्रिका र किमइलसुङका किताबहरू पनि सित्तैमा बाडिन्थे । त्यसैले काठमाण्डौका विद्यार्थीका लागि जो अलिकति प्रगतिशील विचारको प्रभावमा हुन्थे, उनीहरूका कोठा  तिनै सचित्र चीन र कोरीयन पत्र पत्रिका र किमइलसुङका किताबहरूले भरिन्थे । तत्कालिन महेन्द्रको मण्डले राष्ट्रवादले एकातिर कम्युनिष्टहरूलाई जेल, नेल र हत्कडीमा राख्दथ्यो भने अर्कोतीर सचित्र चीन र कोरीयन पत्र पत्रिका र किमइलसुङका किताबहरूको प्रकाशन र वितरणमा काठमाण्डौभित्रमा छुट दिएको थियो । जे होस कम्युनिष्टहरूमा एक वा अर्को प्रकारले स्वस्फूर्त रूपमा र भूमिगत रूपले विभिन्न अध्ययन मण्डल र रात्री क्लासमा स–साना समूहमा कार्याकर्तालाई जम्मा गरेर माक्र्सवादी अध्ययनका अभ्यास गरिने गरिन्थ्यो । त्यही नै त्यस वेलाको स्कूलींग पद्धति थियो ।

यस्तै क्रममा नेपाली कम्युनिस्ट आन्दोलनले अहिले सात दशक पार गरिसकेको छ । कम्युनिष्ट सत्ताको स्थापनाका लागि नेपालमा अनेकौ प्रयोगहरू गरिएका छन् र यतिलामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्गसङ्घर्ष, दुईलार्ईन सङ्घर्ष र पार्टीभित्र अन्तरसङ्घर्षका अनेकौं जटिल बाङ्गाटिङ्गा र कहालिलाग्दा घूम्तिहरु रहेका छन् । नेपालमा कम्युनिस्ट सत्ता स्थापनाका लागि हजारौ वीर सपूतहरूले बलिदान दिएका छन् । तिनै सपूत सहीदहरूका रगतमा पौडी खेल्दै र लाशमा टेकेर कम्युनिष्ट पार्टीका कैयौ नेताहरू जसले झापा,रोल्पा, रूकुम, प्यूठान, वर्दीया, गोर्खा, सिन्धुलीआदिको माटोमा अनगिन्ति सहीदलाई सर्वहारा राज्य सत्ता स्थापनाका लागि क्रान्ति भन्दै बलिदान र त्यागका लागि रगत बगाउन लगाए र त्यसकै आधारमा त्यही प्रतिक्रियावादी सरकार, जसका विरूद्ध हतियार उठाउन जनतालाई उत्प्रेरित गरेका थिए अन्त्यमा त्यसैमा डुबुल्की मार्न गए, सर्वहारावर्गका सहीद परिवार अहिले आफू र ती सहिदलाई नेताहरूले देखाएका सपनामाथि नै धोका भएको महसुस गरेका छन् । यो सही हो, नेपाली कम्युनिष्ट आन्दोलन भित्र क्रान्तिकारी र संशोधनवादी दुई परस्पर विरोधी धारा बीचकै द्वन्द्व सधैभरी प्रमुख रहदै आएको छ, भविश्यका लागि पनि त्यो सत्य हो ।

२०२८ सालमा झापामा भारतीय नक्सालवादी नेता चारू मजुम्दारको क्रान्तिकारी कार्यदिशाको प्रभावमा आएर नेपालका केही युवाले खासगरी कोशी, मेचीतर्फ सशस्त्र विद्रोहको रूपमा सामन्तलाई मार्ने काम शुरू गरिए तर केही वर्ष नवित्दै त्यसले क्रमसः दक्षिणपन्थी मार्ग अवलम्वन गर्दै अहिलेको एमालेको अवस्थामा आइ पुगेको छ । २०५२ सालदेखि रोल्पाबाट सुरू गरिएको सशस्त्र विद्रोहले नेपालमा दश वर्ष त प्रभावकारी रूपले आफूलाई थेग्यो तर २०६२सालपछि भने त्यसले समग्र माओवादी आन्दोलनलाई विखण्डन र विसर्जनको चौबाटोमा लगेर अलपत्र छाडिरहेको छ । अझै पनि माओवादी आन्दोलनभित्रका क्रान्तिकारीहरूले उनले अझै त्यो चौबाटोमा अलपत्र रूपले फालिएको क्रान्तिको झण्डालाई टपक्क टिपेर हिंडने शाहस गर्नेहरूको भने कमि देखिएको छैन् ।

वर्तमानमा नेपाली कम्युनिष्ट आन्दोलन  सांचो अर्थमा सर्वहारावादी रहन कठिन देखिएको छ । कम्युनिष्टको नाममा अनेकौ संसदवादी कम्युनिष्टहरूको वर्चश्व छ । तै पनि अहिले नेपाली कम्युनिस्ट आन्दोलनभित्र राजनीतिक ध्रुविकरण समुद्रको पिंधमा आएको ज्वारभाटा जस्तै भएको छ । समुद्रको पिंधमा बसेका माछालाई मात्रै थाहा हुने, अरूहरू त्यसवारे वेखवर भएजस्तै । सारमा के हो भने नेपाली कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी संशोधनवादी धारा नै इतिहासमै सबैभन्दा बलियो देखिएको छ । माओवादी आन्दोलनले १० वर्षसम्म जनवादी क्रान्तिका लागि शसस्त्र विद्रोह सञ्चालन त गरेको थियो । यति छिटै कसरी आफूलाई क्रान्तिकारी धारामा गुणात्मक रूपले फड्को हाल्न असमर्थ भयो, महान् बहसको आवश्यकता छ  ।

यो सही हो सिद्धान्ततः नेपालको सन्दर्भ र साथै अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको वर्तमान सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई क्रान्तिको मार्गदर्शक सिद्धान्त मान्नेहरू नै क्रान्तिकारी कम्युनिष्टहरू हुन् । सही माक्र्सवादी कम्युनिष्टहरू हुन् । यद्धपि अहिले तिनीहरू विभिन्न गुट उपगुट र स–साना समूहमा विभाजित छन् । नया“ जनवादी क्रान्तिको कार्यभार पुरा गर्ने महान उद्देश्य पुरा गर्न यिनै स—साना कम्युनिष्ट घटकहरूलाई समेटेर नया“ ढङ्गको पार्टी निर्माण अहिलेको आवश्यकता भएको छ । र त्यसका लागि समग्र कम्युनिष्ट आन्दोलनभित्र वैचारिक, सैद्धान्तिक, व्यवहारिक विचलन एवं गैर सर्वहारा वर्गीय चिन्तन र दृष्टिकोणका अवशेषहरू काफि छन् र ती आफैमा गैरसर्वहारा चिन्तन र व्यवहार हुन् । यीनीहरूबाट मुक्तिका लागि प्रथम पार्टी पङ्क्तिभित्र आन्तरिक रुपमा सुद्धिकरण र सुदृढिकरण अभियानहरु संचालन गरेर क्रान्तिकारी रूपान्तरण गर्नको लागि व्यवस्थित रुपमा माक्र्सवादी स्कुलिंगकोे महत्व र आवश्यकता झन बढेको छ । अनि मात्रै पार्टीलाई सिद्धान्तनिष्ठ, एकतावद्ध र लडाकु तथा क्रान्तिकारी पार्टी बनाइ राख्न सकिन्छ । माक्र्सवादी स्कुलिंगद्धारा पार्टीलाई वैचारिक, सैद्धान्तिक एवं व्यवहारिक रूपान्तरणको ढोका खोल्न सकिन्छ ।  सबै स्तरका नेतृत्वकारी कमरेडहरू र आम सदस्यहरूमा रहेका गैर सर्वहारा चिन्तलाई हटाई सर्वहारा वर्गीय चिन्तन तथा दृष्टिकोणबाट शिक्षित तथा प्रशिक्षित पार्नु अर्थात तिनलाई गैर सर्वहारा चिन्तन र व्यवहारबाट मुक्त पार्न व्यवस्थित रूपबाट प्रयत्न गर्नु माक्र्सवादी शिक्षाको महत्वपूर्ण पक्ष हो । जसले गर्दा कार्यकर्ताहरूले पार्टी र क्रान्तिको लागि बढि दह्रो रूपमा, बढी आत्मविस्वासका साथ र बढी सुझबुझयुक्त ढङ्गबाट आफ्नो तर्फबाट अधिकतम योगदान गर्न सकुन् । यसका लागि, पार्टी कार्यकर्ताहरूको वैज्ञानिक चिन्तनको क्रान्तिकारीकरण गर्न तिनको वैचारिक रूपान्तरण गर्न व्यवस्थित योजनावद्ध र नियमित रूपमा प्रयत्न गर्नु आवश्यक छ । क्रान्तिकारी सिद्धान्तद्वारा निर्देशित क्रान्तिकारी व्यवहार मात्र फलदायी तथा प्रभावकारी हुनसक्ने तथ्यलाई मध्ये नजर गरी त्यसतर्फ सबैको ध्यान जान जरूरी छ ।

दोस्रो वर्तमानको नेपाली कम्युनिष्ट आन्दोलनको मूल धारा अझै पनि सर्वहारा वर्गको अधिनायकत्व, बल प्रयोगको मालेमावादी सिद्धान्तमा विश्वास गर्छ र सिद्धान्ततः त्यसप्रति प्रतिवद्ध छ । साथै माओवादीको नेतृत्वमा दश वर्षसम्म हतियार उठाएर सबै प्रकारका युद्धको अनुभव संगालेका नेता तथा कार्यकताहरू र सात दशक लामो कालसम्म विभिन्न जनआन्दोलन तथा वर्गसंघर्षका आ“धीबेहरीहरू र ज्वारभाटाका विरूद्ध लडेका योद्धाहरू छन् । त्यसैले जब पार्टीमा माक्र्सवादी स्कुलिंगको आवश्यकताको सवाल अगाडि आउ“छ, त्यसवेला  निम्न दुईवटा प्रव्तिहरू देखिन थाल्छन् ः प्रथम हामी क्रान्तिकारीहरू हौ, हामीले दश वर्षसम्म हतियार उठाएर सशस्त्र संघर्ष ग¥यौ र प्रतिक्रियावादीको जेलनेलमा खारिएर बाहिर आएका छौ । त्यसैले हामी मध्ये अत्यधिक क्रान्तिकारी कार्यकर्ताहरू’व्यवहारबाट खारिएका प्रयोगात्मक’मानिस हौ । हामीलाई लाग्दछ ‘किन एउटा विचार, एउटा सिद्धान्त र यस्तै अन्य चीजवारे चिन्ता गर्ने, त्यो काम त पार्टीका ठूला नेता, विद्धान र बुद्धिजीवीहरूको हो । हामीलाई महत्व राख्ने भनेको हतियारवद्ध क्रान्ति मात्रै हो ।’

अहिले तल्लो तहका कम्युनिष्ट कार्यकर्ताहरू र पार्टी सदस्यहरूलाई माक्र्सवादी अध्ययनका बारे सोध्यो भने प्राय जसोबाट एउटै उत्तर आउ“छ कि पार्टीका केन्द्रीय समितिका र उच्च समितिहरूका सदस्यले गहन अध्ययन गरून र हामीलाई निर्देशन दिउन त्यही नै काफी छ । अनि पार्टीका प्रायजसो केन्द्रीय समितिका र उच्च समितिहरूका सदस्यहरूले धेरैले महसुश गर्दछन् कि संगठन र संघर्षका अन्य कामहरू यतिविधि धेरै छन् कि सैद्धान्तिक अध्ययनका लागि समय नै मिल्दैन् । अर्कोतीर पार्टीभित्र केही अन्य सदस्यहरू छन् जसले महसुश गर्दछन् कि कुनै कामलाई ‘सही’ तरिकाले गर्नका निम्ति महान गुरूहरूका प्रत्येक कामहरूबारे ज्ञान लिन आवश्यक छ । तिनीहरूले समयको अत्यधिक मात्रा हरेक चीजको अध्ययन गर्ने कोशिसमा विताउछन् । तिनीहरूमा यस्तो प्रभावले पनि काम गरेको हुन्छ कि सही माक्र्सवादी शिक्षा विना प्रत्येक चीजलाई जो उनीहरू पढछन् विना तर्क वा नसोचीकन महान गुरूहरूका प्रत्येक कामहरूलाई धर्म वा सिद्धान्तलाई मान्ने मतका रूपमा विश्वास गर्दछन् । जसरी प्रचण्डलाई मानेर जनयुद्धमा हजारौ कार्यकर्ता र जनता होमिए तर अहिले धोका खाएको महसुस गर्दैछन् । यदि पहिले देखि नै उनीहरूमा माक्र्सवादी शिक्षाको साथै क्रान्तिको भट्टि दुवैमा खारिदै आएको भए अहिलेको यो विचलनलाई समयमा नै उनीहरूले पहिचान गर्न सक्ने थिए र त्यसलाई वेलैमा रोक्न नेताहरूलाई सहयोग र समर्थन गर्ने थिए । स्वयम् प्रचण्ड अहिले पार्टीपंक्तिभन्दा बाहिरका कांग्रेस र एमालेलाई बढता विश्वास गरेछु भनेर पछुताइरहेका अभिव्यक्ति उनीबाट आइरहेका छन् । त्यसैले हाम्रो माक्र्सवादी शिक्षाको अध्ययनमा यी सबै प्रवृतिहरूलाई त्याग्नु आवश्यक छ । प्रत्येक कमरेडले हाम्रो सिद्धान्त, विचार मालेमाको मूल तत्व , नैसर्गिक प्रवृति, अनिवार्य गुणलाई बुझ्नका लागि प्रशस्त समय अध्ययनमा दिनु आवश्यक छ ।

तर अत्यधिक किताबहरू पढेर तिनबाट ज्ञान लिने मात्रै भन्दा हाम्रो मार्गनिर्देशक सिद्धान्तको अत्यावश्यक आधारभूत पक्षहरूलाई गहिरोगरी बुझ्न आवश्यक छ । यदि हामीले यसो गर्दछौ र त्यसलाई हाम्रो आफ्नो दैनिक कार्यहरूमा लागु गर्न सिक्छौ भने हामीले हाम्रो व्यवहारमा महत्वपूर्ण सुधार र  परिवर्तन गर्न सक्छौ । सारम्शमा माक्र्सवादी—लेनीनिवादी—माओवादी सिद्धान्तको प्रकाशमा हाम्रो व्यवहारका लागि एउटा सांचो(पेचकिला) हुनै पर्दछ ।

कार्यकर्ताका रूपमा व्यक्तिगत र समग्र पार्टीको दुवै रूपमा प्राय जसो हामीले हाम्रो वोरीपरीको विश्वलाई बुझ्ने र त्यसबारे व्यख्या विश्लेषण गर्ने काम केबल हाम्रो सिमित अनुभवहरू अनुसार गर्दछौ र त्यसकारण स्वतः हाम्रा निष्कर्षहरू प्राय जसो गलत हुन जान्छन् वा गलत निष्कर्ष निकाल्छौ, निकाल्न पुग्दछौ । मालेमाको एउटा सही बुझाईले यस्ता खराबीहरूमाथि विजय प्राप्त गर्न मद्त गर्दछ । कैयौ पटक एउटा सतही प्रकारको बुझाइले कार्यकर्ताहरूलाई निश्चित पार्टी निर्णयहरूका परिपत्र र नेताहरूले व्यक्त गरेका भनाइ र अडानका अगाडि बढन उत्तप्रेरित गर्दछ र तिनीहरूले माक्र्सवादी सिद्धान्त र पार्टी निर्णयको  स्प्रीरिट र मूल तत्वलाई बुझ्नै सक्दैनन् । अनि अनाहकमा आलोचनाको विषय वन्न जान्छन् । यस्ता कमिकमजोरीबाट मुक्त हुनका लागि पनि मालेमाको गहिरो अध्ययन आवश्यक छ । मालेमाको गहिरो अध्ययनद्धारा यस्ता गल्तीहरू, कमिकमजोरीबाट मुक्त हुन सकिन्छ ।

मालेमाबारे हाम्रो अध्यनद्धारा हामीले विश्व क्रान्तिका सकारात्मक र नकारात्मक अनुभवहरूबाट सिक्न सक्दछौ । हामीले यसमा रहेका असल चीजहरूबाट सिक्दछौ र हाम्रो आफ्नै व्यवहारमा असल र खराब के हो त्यसलाई छुट्टयाउनका लागि सिक्दछौ । सबै प्रकारका अवसरवादलाई चिन्न, त्यसको आलोचना गर्न र लाग्न सिक्छौ । हाम्रो विचार पहिलो र प्रधान एउटा ‘प्रयोगात्मक—व्यवहारिक’ सिद्धान्त नै हो । जसको मतलब कार्यान्वयन गरिनु पर्ने र व्यवहारमा लैजानै पर्ने विषय हो । अनगिन्ति वर्गसंघर्षहरूका दौरानमा यो सिद्धान्त आफै उत्पत्ति र विकास भएको हो । त्यसकारण ठोस भौतिक परिस्थितिहरू र सामाजिक अभ्यासको बुझाई आवश्यक छ, जसबाट हु“दै सर्वहारवर्गका महान गुरूहरू—माक्र्स, ऐगेल्स, लेनीन, स्तालिन र माओले पत्ता लगाउनु भयो र यसका आधारभूत सिद्धान्तहरूको प्रतिपादन गर्नु भयो । यसरी मालेमाको उत्पत्ति र विकासको ऐतिहासिक प्रक्रियासंग मिलान नगरी कसरी माक्र्सवादलाई बुझ्न सकिन्छ । जसले माक्र्सवादलाई बुझ्न आवश्यक ठान्दैन् र संशोधनवादलाई बुझने कोशिस गर्दछ, अनि त्यस्ताको माक्र्सवादको आधारमा गरिने व्याख्या र विश्लेषण स्वतः माक्र्सवाद विरोधी हुन्छन् ।

सामाजिक आर्थिक अवस्थाहरू, मुख्य राजनीतिक र वर्गसंघर्षका विभिन्न रूपहरू, जसले मालेमाको जन्म र विकास भयो र कुनै पनि निश्चित पक्षबारे विस्तृत रूपमा बुझनका लागि अध्ययन, अध्ययन र फेरी पनि अध्ययन नै आवश्यक छ । त्यसकारण हाम्रो विचारको विकासको गतीशील पक्ष बुझ्नका लागि र कस्तो ऐतिहासिक अवस्थाहरू, वातावरणहरूमा कुनै चीज अडिएका हुन्छन् र सिद्धान्त यसैमा जन्मन्छ भनेर बुझनका लागि पनि माक्र्सवादी अध्ययनको आवश्यकता पर्दछ ।

पार्टीमा प्रशिक्षणको एकप्रकारको खडेरी नै परेको छ । केन्द्रीय स्तरका नेतावाट गरिएका आमसभा र कार्यकर्ता भेटघाटलाई मात्रै नै प्रशिक्षण भएको ठान्ने र पार्टी स्कूल बिभागको योजनामा निस्चित स्तरका पार्टी कमिटिहरूले निस्चित विषय अनिवार्य पढिसकेको हुनुपर्ने नियम स्थापित नगरिने । निस्चित स्तरको कमिटिको सदस्यले कम्तिमा पनि निस्चितस्तरको अध्यन पुरा गरिसक्नुपर्ने जस्ता स्पष्ट नीति बनाइनु पर्दछ । त्यसो नगर्दा पार्टी विस्तारै एक किसिमको भिडमा परिणत हुने खतरा रहन्छ । लेखपढ गर्न नसक्ने पार्टी सदस्यका लागि पनि छुट्टै स्कुलिंग सम्वन्धी व्यवस्थाको आवश्यकता पर्दछ ।

पार्टी स्वतः स्फूर्तताको आधारमा निर्माण नभै त्यसमा पार्टी नेता तथा कार्यकर्ताको सचेत प्रयत्नको आधारमा मात्रै पार्टी अघि बढदछ । पार्टीलाई अघि बढाउने काममा पार्टी नेता तथा कार्यकर्ताको अहम भूमिका रहन्छ, त्यसैकारण पार्टी कार्यकर्ता भनेका पार्टीको मूटु हुन । संगठनको रूप र ढांचा सधैभरि एउटै र अपरिवर्तनीय रहदैनन्, वर्गसंघर्षको परिस्थिति अनुसार तिनको आवश्यक हेरफेर र अद्यावधिक बनाइरहनु पर्दछ । क्रान्तिकारी आन्दोलन भनेको प्रतिक्रियावादी व्यवस्थालाई विस्थापित गरी जनताको क्रान्तिकारी व्यवस्था स्थापना गर्ने आन्दोलन हो । प्रतिक्रियावादी व्यवस्था जसरी संगठीत भएको छ र टिकेको छ, आम रूपमा ठीक तिनै ठाउहरूवाट त्यसलाई विस्थापित गनर्¬ र ध्वस्त गनर्¬ पर्छ । जसको विरूद्ध आन्दोलन गरिने हो, त्यसका विरूद्ध जनतालाई गोलवन्द गर्न आमरूपमा तिनै क्षेत्रलाई आÇनो कार्यक्षेत्र वनाएको क्रान्तिकारी संगठनात्मक व्यवस्थाको निर्माण र परिचालन गर्न पर्छ ।

पार्टीको आधारभूतवर्ग भनेका मजदूर, कृषि मजदूर, गरीब तथा सुकुमवासी किसानहरू, निम्न मध्यम किसान र शहरीया गरीबहरू ह¬न र तिनीहरूको विचमा पार्टीको विस्तार अनिवार्य हो । अहिले विद्यमान अत्यधिक सदस्यको वर्गश्रोत भनेको ती भन्दा माथिल्लाको हो । गैर आधारभूतवर्गको चाप पार्टीमा वढि भएको छ । र त्यो शक्तिलाई व्यवहारिक काममा जनताका ती आधारभूतवर्गमा लैजानु आवश्यक छ  । स्थानीय वर्गसंघर्ष र कामदारवर्गको आन्दोलनको भट्टिवाट खारिएर त्यो वर्ग क्रमसः आधारभूतवर्गको स्तरको चरित्र र प्रवृतिमा ढालिन सक्छ । तल्लोवर्ग जो कम्युनिष्ट पार्टीको आÇनो वर्ग हो त्यसको मत जित्न सकेन भने अरूवर्गसंग टासिएर पार्टी वलियो ह¬नै सकदैन् । जनय¬द्धमा पार्टीले केही हदसम्म ती आधारभूतवर्गको मन जित्न सकेको थियो र संकटपूर्ण दमनको कठीन बेलामा पनि जनताको विचमा रहेर कठोर परिश्रमद्धारा बिश्वास जित्न सकेको थियो । परिणाम  जनताले आÇनो नेताको रूपमा मानेर र पत्याएर आÇनो निम्ति संविधान वनाउने नेतृत्व दिएर पठाएका थिए । यो आधारभूतवर्ग अहिले क्रान्तिको चौघेराभन्दा वाहीर परेको छ र समग्र माओवादी आन्दोलनको  वारीपरी अन्य अवसरवादीवर्गको वोलवाला चलेको छ । जनयुद्धको समयमा जसरी आधारभूतवर्ग बीचको पार्टी कार्यमा जस्तो जोडदिने परम्परा थियो, आज त्यो स्थिति छैन् ।

पार्टी स्कुलिंगको प्रमुख उद्देश्य पार्टी सदस्यहरूको वैचारिक, सैद्धान्तिक एवं व्यवहारिक रुपान्तरणका लागि आवश्यक व्यवस्था गर्नु हो । सबै स्तरका नेतृत्वकारी कमरेडहरु र आम सदस्यहरुमा रहेका गैर सर्वहारा चिन्तलाई हटाई सर्वहारा वर्गीय चिन्तन तथा दृष्टिकोणबाट शिक्षित तथा प्रशिक्षित पार्नु अर्थात तिनलाई गैर सर्वहारा चिन्तन र व्यवहारबाट मुक्त पार्न व्यवस्थित रुपबाट प्रयत्न गर्नु स्कुलींगको  प्रमुख काम तथा दायित्व हो । जसले गर्दा कार्यकर्ताहरुले पार्टी र क्रान्तिको लागि बढि दह्रो रुपमा, बढी आत्मविस्वासका साथ र बढी सुझबुझयुक्त ढङ्गबाट आफ्नो तर्फबाट अधिकतम योगदान गर्न सकुन् ।

यसका लागि, पार्टी कार्यकर्ताहरुको वैज्ञानिक चिन्तनको क्रान्तिकारीकरण गर्न तिनको वैचारिक रुपान्तरण गर्न व्यवस्थित योजनावद्ध र नियमित रुपमा प्रयत्न गर्नु आवश्यक छ । क्रान्तिकारी सिद्धान्तद्वारा निर्देशित क्रान्तिकारी व्यवहार मात्र फलदायी तथा प्रभावकारी हुनसक्ने तथ्यलाई मध्येनजर गरी त्यसतर्फ सबैको ध्यान जान जरुरी छ । पार्टी कार्यकर्ताको वैचारिक–राजनैतिक रुपान्तरणको लागि पार्टीको तर्फबाट पहिलेदेखि नै निरन्तर प्रयत्न हुँदै आएको छ । यस अभियानमा केही महत्वपूर्ण अनुभवहरु पनि प्राप्त भएका छन् । ति अनुभवहरुको उपयुक्त संश्लेषण गर्दै र वैचारिक रुपान्तरणको प्रकृयालाई क्रान्तिकारी व्यवहारसँग गाँस्दै हरेक पार्टीका केन्द्रीय स्कुल विभागले व्यवस्थित ढङ्गबाट काम गर्न जरुरी छ । वैचारिक रुपान्तरणको प्रकृया पार्टीमा निरन्तर चल्ने प्रकृया भएकाले त्यसलाई नियमित र व्यवस्थ्ति ढङ्गबाट संचालन गर्न स्कुल विभाग प्रयत्नशील रहन आवश्यक छ ।

सामान्यतः  वैचारिक प्रशिक्षण कामलाई विभिन्न भागमा बाडन सकिन्छ । तै पनि पाठ्यक्रममा मालेमावादी सिद्धान्त, दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, सैन्य विज्ञान–सिद्धान्त, नेपालको इतिहास, अन्तर्राष्ट्रिय तथा नेपाली कम्युनिस्ट आन्दोलन, पार्टीको कार्यदिशा, कार्यक्रम, रणनीति तथा कार्यनीति, नेपाली जनवादी आन्दोलन, अवसरवाद तथा संशोधनवाद विरोधी सङ्घर्ष आदि विषयलाई समावेश गरिएका हुन्छन् । अन्तर्राष्ट्रिय र राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहास, त्यस्तै अन्य विषयबारे वैज्ञानिक अनुसन्धानको लागि आवश्यक विषय मिलाउन प्रयत्न गरिन्छ । त्यस्तो अनुसन्धान हाम्रो सम्पूर्ण आन्दोलनका लागि लाभदायक हुन सक्छ । किनभने अतितबारे वैज्ञानिक ज्ञानले वर्तमानलाई बुझ्न र भविष्यको बाटो निर्धारण गर्न सहयोग गर्दछ । तसर्थ स्कुल विभागले वैज्ञानिक अनुसन्धानको लागि प्रोत्साहन गर्ने सक्दो सहयोग गर्न आवश्यक छ । र पार्टी कार्यकर्ताको वैचारिक, सैद्धान्तिक स्तरवृद्धि र क्रान्तिकारी रुपान्तरण गर्ने महत्वपूर्ण उद्देश्यका साथ पार्टी स्कुलिंग चलाइएका हुन्छन् । यसले पार्टीको आन्तरिक जीवन र त्यसको क्रान्तिकारी गतिविधिलाई ठूलो प्रभाव पार्ने काम गरेको हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here