बेलायतले चार मुलुकका नागरिकलाई प्रतिबन्ध

74

काठमाडाैं- बेलायतले कोरोना भाइरसको नयाँ प्रजातिको विस्तार रोक्न चार मुलुकका नागरिकलाई आफ्नो देशमा आउन निषेध गरेको छ। बेलायती अध्यागमन विभागले आगामी शुक्रबारबाट लागु हुनेगरी फिलिपिन्स, पाकिस्तान, केन्या र बंगलादेश नागरिकलाई आफ्नाे देश छिर्न रोक लगाएको हाे।

यी मुलुक भ्रमण गरी स्वदेश फर्किएका समेत सरकारले तोकेका होटलमा १० दिनसम्म आइसोलेसनमा बस्न अनिवार्य बस्नुपर्नेछ।

बेलायतमा बितेको २४ घण्टामा थप ३ हजार ४ सय २ नयाँ  संक्रमित थपिएका छन्। यससँगै बेलायतमा संक्रमितको संख्या ४३ लाख ५३ हजार ६६८ पुगेको  डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयरले जानकारी दिएको छ।

बेलायतमा सक्रिय संक्रमितको संख्या तीन लाख ५३ हजार ३६५ रहेको छ भने ३८ लाख ७३ हजार ४८७ संक्रमित निको भइसकेका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ८१६ पुगेको छ।

बेलायतमा हालसम्म खोपको पहिलो र दोस्रो गरि तीन करोड ६२ लाख ४९ हजार ९०२ डोज वितरण भएको छ। तीन करोड १३ लाख १ हजार २६७ जनाले खोपको पहिलो र ४९ लाख ४८ हजार ६३५ जनाले खोपको  दोस्रो डोज लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here