भारतमा पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा काेराेना

137

एजेन्सी । भारतमा एकैदिन १ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एएनआइका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५५८ जनामा कोभिड १९ संक्रमण देखिएको हो।

याेसँगै भारतमा कूल संक्रमितको संख्या १ करोड २५ लाख ८९ हजार ६७ पुगेको छ। यस्तै, थप ४७८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। हालसम्म भारतमा संक्रमणका कारण १ लाख ६५ हजार १०१ जनाको मृत्यु भइसकेको छ।

अहिले भारतभर सक्रिय कोरोना संक्रमितको संख्या  ७ लाख ४१ हजार ८३० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here