प्रधानमन्त्री ओली टाेटल असफल सरकारबाट हट्दैछन् : अध्यक्ष केसी

262

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई असफल प्रधानमन्त्रीको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले ओली प्रधानमन्त्रीबाट छिट्टै हट्नेपनि दाबी गरेका छन् । उनले वर्तमान प्रधानमन्त्री ओलीलाई हटाएर वापन्थीहरुकै नेतृत्वमा सरकार बनाउनुपर्ने पनि जोड दिए । प्रस्तुत छ अध्यक्ष केसीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री कि असफल प्रधानमन्त्री ? ठ्याक्कै भन्नुहेस् ?

टोटल असफल ।

तर, तपाईहरूले केही गर्नसक्नुभएन, सरकारबाट हटाउन सक्नुभएन ?

अजम्बरीको बुटी खाएका छैनन् । सरकारबाट हट्दैछन । ढिलो/चाँडो हट्नैपर्छ ।

प्रधानमन्त्री ओलीसंग बहुमत छ नि त, माओवादी केन्द्रले अझैपनि समर्थन फिर्ता लिएको छैन नि ?

समर्थन फिर्ता नलिनुको पछाडि पनि मुख्य कारण छ नि ।

कारण के–के हुनसक्छ ?

फिर्ता लिनेबित्तिकै उनी अल्पमतमा पर्छन । अल्पमतमा परेपछि विश्वासको मत लिनुपर्यो । अल्पमतमा परेपछि फेरि संसद् विघटन गर्छन । संसद् विघटन गरेपछि फेरि मुलुकलाई चुनावमा लगेर धकेल्छन् ।

तपाईहरूले काँग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माण गर्ने भनिरहनुभएको थियो, तर अहिलेसम्म सरकार निर्माण गर्न सक्नु भएन नि त ?

वैकल्पिक सरकार निर्माण गर्ने तागत राष्ट्रिय जनमोर्चाको हातमा छ र ? त्यो त नेपाली काँग्रेसको हातमा छ । जसपा भन्नेसंग छ । अब उनीहरुले लगातार बार्गेनिङ गरिराखेका छन । सौदाबाजी गरिराखेका छन् । त्यो नाटक त हामीले देखिराखेका छौँ ।

जनता समाजवादी पार्टीले त केपी शर्मा ओलीलाई साथ दिने देखियो नि, अध्यक्ष महन्थ ठाकुरले पनि त्यही भन्नुभएको छ नि ?

केपी ओलीलाई साथ होईन उनीहरुका अनेक स्वार्थलाई केपीका हातबाट मिलाएर, पट्टयाएर जाने माछा मार्ने सुर हो उनीहरुको ।

त्यसो भए केपी ओलीलाई जनता समाजवादी पार्टीको समर्थन रहनसक्छ ?

रहन सक्छ नि । किनभने कतिपय फौजदारी मुद्दा लागेकाहरुलाई रिहाई गर्नुपर्छ । कतिपय स्थानीय तहहरुको अधिकार खोस्नुपर्छ । कतिपय अंगिकृत नागरिकहरुलाई राष्ट्रप्रमुख र सेनाप्रमुख भनेर उनीहरुले भयंकर ठुला–ठुला डिमान्डहरु छन नि त तिनिहरुका ओलीसंग ।

तर, केपी ओलीको सरकारले जसपाको मागलाई सम्बोधन गर्ने अरे नि ?

त्यस्तै माग पुरा गर्नको लागि काँग्रेस पनि तयार हुन्छ । अमेरिकाका माग पुरा गर्न भारतीय साम्राज्यवादका माग पूरा गर्न जसपा त तयारै छ । त्यसोभएको हुनाले यिनीहरु मुलुककै सिध्याउन पनि तयार हुन्छन् । सत्ता र शक्तिको लागि नेपालमा पनि प्रशस्त छन त लेण्डुप दोर्जेहरु सिक्किमका ।

रेशम चौधरी रिहाई हुनकोलागि सबैतिरबाट वातावरण बनिसक्यो नि ?

जेपनि गर्न सक्छन नि । न्यायपालिका पनि विघटन गरे भयो, न्यायपालिकाले गरेका मुद्दामामिला कार्यपालिकाले पार्टीका निहीत स्वार्थ पुरा गर्नका लागि अव न्यायप्रणाली नै खत्तम पारेर आफना स्वार्थ वचाउने जुनखालको घृणित खेल भयो, त्यो खेल हेर्दाखेरि न्यायापालिकाको औचित्य नेपालमा रहेन ।

तपाईको पार्टीले वैकल्पिक सरकार निर्णमा गर्नुपर्छ र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनेर भनिरहेको छ, तर त्यो सम्भव देखिन्छ त ?

सम्भवतः यिनै फटाहहरु जसलाई पाँच वर्षको लागि विश्वास गरेर नेपाली जनताले मत दिएका थिए, यिनिहरुले यता र उता गरेका छन् । अहिलेपनि नेकपाभित्रै बहुमत छ नि । मिलेर जाने र ओलीलाई हटाईदिने त्यसपछि बाँकीरहेको तालमेल गरेर अहिलेपनि नेकपाभित्रै छ नि सरकार बने सम्भावना । त्यतातिर प्रयत्न गर्नुपर्छ ।

त्यसोभए माधवकुमार नेपाल र झलनाथ खनालले केपी शर्मा ओलीका विरुद्ध जानुपर्छ ?

के उपाय छ त ? केपी ओलीलाई नेपाली जनताले पाँच वर्षका लागि सरकार चलाउ देश चलाउ भनेर नै जिम्मेवारी दिएको हो । तर, उनले ज्यान गएपनि खुशी छोड्न नपर्ने । नियम मान्न नपर्ने नीति मान्न नपर्ने । यसको मतलब माधवका प्रचण्डका पनि केही कमजोरी छन । छैनन् मैले भन्दिन् । अब उनिहरु पनि नचिनेका विष्ट होईनन् ति । बिष्ट पनि मैले चिनेको छु चिन्न त । तर पनि अहिलेको बखतमा यो संघीयताले मुलुक ध्वस्त पारिराखेको छ । पहिले चाहीँ सिंहरवारभित्र मात्रै सांसद् किनबेच । त्यसकारणले यी विसंगति ल्याउनेहरु पनि यिनीहरु नै हुन । यिनीहरुको यो कमजोरीबाट बाहिरी शक्तिहरुले असाध्यै खेलिराखेका छन् । र, मुलुक कहाँ पुर्याउने हुन भन्ने ठेगान छैन ।
नेपाली काँग्रेसले एउटा निर्णय गर्यो–प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने र नेपाली काँग्रेसको नेतृत्वामा सकार बनाउने, त्यो निर्णय ठिक थियो ?
केपी ओलीले हामी कसैले नभनेर जब सर्वोच्च अदालतले ओलीले गरेको संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक अनि अप्रजातान्त्रीक भनेरे जुनदिनमा फैसला गर्यो, त्यही दिन नै राजिनामा दिईसक्नुपथ्र्यो । फागुनको ११ गते बेलुका नै राजिनामा दिईसक्नुपथ्र्यो । त्यहाँ त नैतिकता भन्ने एउटा पित्को पनि छैन । जुनसुकै मुल्य चुकाएर जसको गोडा समाएर भएपनि कुर्चि र पद अठ्याएपछि अब सम्पति आर्जन गर्ने, आफना आसपासमा ठुला ठेकेदारहरु ठुला भूमाफियाहरु तस्करहरुलाई राख्ने तीनैलाई पार्टी प्रवेश गराउने यस्तै त भयो ओलीजीको खेति त ।

त्यसो भए केपी ओलीको नेतृत्वको सरकारले अव निर्वाचन गराउन सक्दैन ?

गराउन दिनुहुन्न ।

अनि को बन्ने त प्रधानमन्त्री ?

कहाँ हुन्छ नेपालमा नेपाली जनाताले गरेको निर्णय कार्यान्वयन ?

प्रतिनिधिसभाका सांसद्हरुले प्रधानमन्त्री बनाउने होईन र ?

हो त, प्रतिनिधिसभाका सांसद्हरुलाई कसलाई प्रधानमन्त्री बनाएर आफ्ना स्वार्थ पुरा गर्ने भन्ने कुराबाहेक शक्तिले अरु निर्देशन दिन आउनपर्यो नि उनीहरुलाई, त्यही कुरेर बसिराखेका छन । कुरा मिलेका छैनन् ।

तपाईको पार्टीको महाधिवेसन आजबाट सुरु हुदैछ, के–के छन एजेन्डा ?

एजेन्डा छ । अहिलेको बहुदलीय व्यवस्था, गणतन्त्र, धर्मनिरपेक्षता राष्ट्रियतामाथि कालो बादल मडारिएको छ । नेपाली जनताले यी २०६२÷०६३ सालको युद्ध र उपलब्धीहरुलाई जुनसुकै मुल्य चुकाएर पनि बचाउनुपर्छ । र अहिले चाहीँ चुनावमा जाने समय होईन । त्यसो भएको हुनाले चनेर भएपनि चण्डाल भएपनि वामपन्थ्री हरुको बहुमत छ त्यसैले वामपन्थ्रीहरुको सरकार बन्नुपर्छ । त्यसभन्दा पहिले ओलीलाई हटाउनुपर्छ ।

ओलीलाई हटाएर अरु जोसुकै प्रधानमन्त्री भए पनि तपाईँलाई आपति छैन् ?

संसदीय खेलबाट जोसुकै पनि हुन्छ । र, मूल कुरा जसलाई प्रधानमन्त्री बनाउदाखेरी भारतको र अमेरिकाको चाहना पुरा हुन्छ । युरोपियन साम्राज्यवादको चाहाना पुरा हुन्छ, त्यसलाई बनाउन प्रयत्न भईराखेको छ नि ।

राष्ट्रिय जनमोर्चाको महाधिवेसनमा कुन–कुन पार्टीको सहभागिता भईरहेको छ ?

सबै पार्टीलाई बोलाएका छौँ । संसद्मा भएका र संसद् बाहिर भएका कतिपय वामपन्थी पार्टीहरुलाई बोलाएका छौँ ।

प्रमुख अतिथि को हुनुहुन्छ ?

खोई ? अहिले तपाईँलाई थाहा होला नि त को बनाउँछ पार्टीले ? कसैले रहर गरेर भएन पार्टीको निर्णय आहोला नि । -रिपार्टस नेपालबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here