ब्राजिलमा काेभिड १९ काे संक्रमणबाट ज्यान जानेकाे संख्या दैनिक ४ हजार नाघ्यो

157

काठमाडौ । ब्राजिलमा कोरोनाभाइरसबाट मर्नेहरूको संख्या दैनिक ४ हजार नाघेको छ । गत २४ घन्टा भित्र ब्राजिलमा ४ हजारको मृत्यु भएको यो संख्या पहिलो पटक देखिएको छ ।

अस्पतालमा कोरोनाका बिरामीहरूले भडेका छन् । मानिसहरू उपचारको प्रतिक्षामा मरिरहेका छन् । त्यहाँको स्वास्थ्य प्रणाली ध्वस्त भएको बीबीसीले समाचारमा जनाएको छ । तर ब्राजिलका राष्ट्रपति जाएर बोल्सोनारोले कोरोनाभाइरस रोक्न लकडाउनका कुनै पनि प्रावधान लगाउने कार्यको निरन्तर विरोध गरिरहेका छन् । उनले भाइरसले गर्ने क्षति भन्दा अर्थतन्त्रको क्षति धेरै खराब हुने तर्क बोल्सोनारोले गरिरहेका छन् ।

स्थानीय अदालतबाट लकडाउनका लागि जारी गरिएको आदेशलाई बोल्सोनारोले राष्ट्रपतिको अधिकारबाट निस्तेज गरिरहेका छन् ।

मंगलबार २४ घन्टा भित्र ४ हजार १९५ जनाको मृत्युबारे केही नबोलेका राष्ट्रपतिले क्वारेन्टिन मापदण्ड लगाउन नहुने जनाएका छन् ।  हालसम्म ब्राजिलमा १ करोड ३० लाख कोरोनाभाइरसबाट संक्रििमत भएको छ । मार्च महिनामा ६६ हजार ५७० जनाको मृत्यु भएको थियो । यो विगतको मासिक मृत्युको रेकर्ड भन्दा दोब्बर रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here