काठमाडाैं । गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रले सरकार छाड्ने निर्णय गरेको छ। यद्यपी प्रदेश सरकारलाई दिएको समर्थन भने फिर्ता लिने निर्णय नभएको प्रदेश सभा सदस्य दीपक कोइरालाले जानकारी दिए। ‘अहिलेको परिस्थितिमा सरकारमा बस्न उचित देखिएन’, तसर्थ सरकारलाई दिएको समर्थन भने तत्काल फिर्ता नलिने खुलाशा गरे ।
माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको कोइरालाले जानकारी दिए। गण्डकी प्रदेश सभाको बैठक बुधबार १ बजे बस्दैछ। माओवादी केन्द्रको संसदीय दलका नेता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले निर्णयबारे आजकै संसद बैठकलाई जानकारी दिने जनाए ।
‘जे हुन्छ, संसद बैठकमै हुन्छ’, उनले भने। गण्डकी प्रदेश सरकार एमाले र माओवादी केन्द्रको संयुक्त सरकार हो। गण्डकी प्रदेश सभामा ६० जना सांसद छन्। जसमा एमालेको २८, कांग्रेसको १५, माओवादी केन्द्रको १२, जनमोर्चाको ३ र जनता समाजवादी पार्टीको २ जना सांसद छन्।