काठमाडाैं उपत्यकासहित देशभर पछिल्लो समय वायु प्रदूषण उच्च भई अत्यन्त घातक अवस्थामा पुगेको जनाउँदै विज्ञप्तिमा भनिएको छः ‘नेपालको संविधानले हरेक नागरिकले स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चित गरेको सरकारलाई विवेकशील साझा पार्टी स्मरण गराउँदछ। वर्षा र पश्चिमी वायुको गति हाम्रो अधीनमा नरहे पनि हालको प्रदूषणका प्रमुख कारक देशका अधिकांश स्थानमा लागेको डढेलो तथा धुवाँ–धुलो न्यूनीकरणमा तत्काल परिणाममुखी काम गर्नु अत्यन्त जरुरी छ।’