आज गुम्दै माकेका चार जनाको सांसद पद

335

काठमाडाैं । प्रधानमन्त्री केपी ओली सरकारमा मन्त्री रहेका माओवादी केन्द्रका चार जनाको सांसद पद आज गुम्ने भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले उनीहरू सांसद नभएको सूचना आज बस्ने प्रतिनिधि सभा बैठकमा सुनाउने भएका छन्। प्रतिनिधि सभा बैठक अहिले दिउँसो १ बजे बस्दै छ।

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले उनीहरूलाई सांसदबाट हटाउन पठाएको पत्रमा छलफल भएको थियो। सोही बैठकमा उनीहरूलाई सांसदबाट हटाएको सूचना आज जारी गर्ने तय भएको हो।

यसअघि गत मंगलबार माओवादी केन्द्रले  ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो।  वि.सं. २०७४ सालको चुनावमा माओवादी केन्द्रबाट चुनाव जितेका उनीहरू तत्कालीन नेकपामा विवाद उत्कर्षमा पुगेका बेला ओली समूहमा लागेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here