काठमाडौ विश्वविद्यालयले शुरु गर्‍यो अनलाइन कक्षा

11

काठमाडौं– कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले बुधबारदेखि अनलाइन माध्यमबाट पढाउन शुरू गरेको छ ।

बुधबार विश्वविद्यालयले एक सूचना जारी गर्दै अनलाइनमार्फत पढाइ शुरू गरेको जनाएको छ । विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमको पढाइ आगमी वैशाख मसान्तसम्म अनलाइनमार्फत् गर्ने निर्णय गरेको छ ।

स्कूल अफ साइन्सका डिन प्रा.डा. कन्हैया झा र स्कूल अफ इन्जिनियरिङका डिन प्रा.डा. मनीष पोखरेलले संयुक्त रुपमा निकालेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख गरिएको छ ।

अध्ययन अध्यापन अनलाइनमार्फत भएपनि प्रशासनिक काम भने कार्यालयबाटै सञ्चालन हुने विश्वविद्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here