कांग्रेसकाे केन्द्रीय समिति बैठक स्थगित

63

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको निधन भएपछि आज दिउँसो दुई बजेका लागि बोलाइएको बैठक स्थगित भएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

‘आजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । अर्को बैठक कहिले बस्ने एकिन भएको छैन,’ सचिव शर्माले इकागजसँग भने ।

आजको बैठकमा पार्टी महाधिवेशनबारे छलफल गर्ने एजेण्डा थियो ।  भाइको निधन भएपछि नेता पौडेल अन्तिम संस्कारका लागि चितवन गएका उनको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here