गृहद्वारा कोभिड–१९ सङ्क्रमण रोक्न ३१ जिल्लामा निषेधाज्ञाको घोषणा

150

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोक्न ३१ जिल्लामा निषेधाज्ञाको घोषणा भएकाे छ । आइतबार गृहमन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि निषेध आदेश जारी भएको जिल्लाहरुको विवरण सार्वजनिक गर्दै आठ जिल्लामा आंशिक र बाँकिमा पूर्ण निषेधाज्ञा गरिएको जनाएको छ ।
जारी विवारण अनुसार बाँके सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन र रुपन्देहीमा पूर्ण निषेधाज्ञा लाइएको छ । त्यस्तै सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, गुल्मी, प्यूठान, उदयपुर र बझाङमा पनि पूर्ण निषेधाज्ञा जारी गरिएको गृहमन्त्रालयले जनाएको छ ।
यसैगरी बागलुङ नगरपालिकाका १२, १३ र १४ साविक अमलाचौर, पैययुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा गरिएको छ । बर्दियाका गुलरिया नगरपालिका ५ र ६ को सम्पूर्ण क्षेत्रमा निषेज्ञााधा गरिएको छ भने बाँसगढी नगरपालिकाको बाँसगढी बजार, बारबर्दिया नगरपालिको जयनगर र कतर्निया बजार, मधुवनको लाली बजार, ओराली बजार, राजपुरको राजापुर र मानपुर टपरा बजार, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखरी र शीतला बजारका साथै गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा गरिएको छ ।
यसैगरी दार्चुलामा वैशाख १६ गतेदेखि मार्मा गाउपालिका र व्यास गाउपालिका–६ शैल्यशिखर नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा गरिएको जारी विवारणमा उल्लेख छ । साथै वैशाख १९ गते अर्थात् आज बिहान ६ बजेदेखि लागू हुने गरी महाकारी नगरपालिमामा वैशाख २५ गते बेलुका ६ बजेसम्मका लागि निषेधाज्ञा गरिएको छ ।
यसैगरी मोरङ, काभ्रेपलाञ्चोक र मकवानपुरका केही क्षेत्रमा निषेधाज्ञा गरिएको छ भने बाजुराको हिमाली गाउँपालिका क्षेत्रभित्र निषेधाज्ञा लगाइएको गृहले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here