मुद्दाको सुनुवाइ अब अनलाइनमार्फत गर्ने

49

काठमाडाैं । सर्वोच्च अदालतले मुद्दाको संख्या बढ्दै गएपछि अनलाइनमार्फत पनि सुनुवाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

सर्वोच्चका सहरजिस्ट्रार बाबुराम दाहालले हाल सो प्रक्रियाका लागि प्रारम्भिक कार्य अगाडि बढाइएको जानकारी दिनुभएको हाे ।

मुलुकमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि न्यायपालिकाको सुनुवाइ प्रक्रिया अवरुद्धजस्तै रहेको छ । हालको अवस्थामा मुद्दा दर्ता मात्रै हुने तर सुनुवाइको संख्या कम हुने गरेका कारण सर्वोच्चले अनलाइनमार्फत पनि मुद्दाको प्रक्रिया अगाडि बढाउन लागेको जनाइएकाे छ ।

सर्वोच्चमा हाल झन्डै २८ हजारको संख्यामा मुद्दाहरू विचाराधीन रहेको इएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here