सुर्खेतमा खैरो हेरोइनसहित दुई पक्राउ

81

काठमाडाैं । सुर्खेतको लेकबेशी नगरपालिका–२ स्थित खहरेखोलाबाट प्रहरीले खैरो हेरोइन सहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–१४ घर भएका २७ वर्षीय सुमन घर्ती र ३० वर्षीय ईन्द्र बहादुर गुरुङ छन् । उनीहरुको साथबाट ५ ग्राम ७ सय १० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको सुर्खेतका एसपी राजेन्द्र भट्टले जनाए ।
आइतबार साँझ ईलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको टोलीले उनीहरुलाई पक्रेको हो । उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन अनुसार म्याद लिएर थप अनुसन्धान भइरहेको एसपी भट्टले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here