प्रतिनिधि सभा विघटनपछि विकसित घटनाक्रमबारे सभामुख सापकोटा परामर्शमा

158

काठमाडौं । प्रतिनिधि सभा विघटन पछि विकसित घटनाक्रमबारे सभामुख अग्निप्रसाद सापकोटाले कानुनविद र दलका शीर्ष नेताहरुसँग छलफल थालेका छन्।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार आफ्नो धारणा सार्वजनिक गर्नुअघि सभामुख सापकोटाले परामर्श थालेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान १:४९ बजे प्रतिनिधि सभा विघटन गर्दै कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी थिइन् जसको नेताहरुले बिरोध गरेका छन्।

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णयको विरोध सभामुख सापकोटाले गरेका थिए। माओवादी केन्द्रवाट सभामुख भएका सापकोटाले अघिल्लो पटकको विघटन असंवैधानिक भएको भन्दै बिरोध गरेका थिए।

सभामुख सापकोटालाई संविधानविदहरुले विघटन नभएकाले विशेष अधिवेशन शुरु गर्न समेत सुझाव दिएका थिए। तर सभामुखले राजनीतिक मुठभेड गर्ने भन्दा अदालतमा विषय पुगेकाले फैसलासम्म कुर्ने बताएका थिए।

तर यो पटक विगतको भन्दा फरक परिवेश बनेकाले छलफलपछि आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here