दश शिशुलाई जन्म दिएर नयाँ बिश्व रेकर्ड

169

एजेन्सी । ७ महिना ७ दिन गर्व बोकेकी एक महिलाले १० शिशुलाई जन्म दिएर बिश्व रेकर्ड कायम गरेकी छन ।  मोरक्कोकी हालिमा सिसेको यसअघिको ९ बच्चाको रेकर्ड तोडेर उनले १० बच्चा जन्माएकी हुन ।

दक्षिण अफ्रिकाको पेटोरीयाको एक अस्पतालमा ३७ बर्षिया गोएसामे थामेरा सिथोलाले सोमबार सात छोरा र तीन छोरीलाई जन्म दिएकी थिइन । सिथोलाका श्रीमानले आफु एकैपटक १० सन्तानको अभिभावक बनेकोमा खुसी भएको बताएका छन । श्रीमतीले १० बच्चालाई राम्रो सँग जन्म दिएकोमा खुसी र भावुक भएको प्रतिक्रिया दिएका छन ।
उनलाइ डाक्टरले शुरुमा ६ बच्चा रहेको भनेका, १ महिना अगाडि मात्र ८ बच्चा भनेका र जुन ७ मा अप्रेसन गर्दा मात्र १० बच्चा जन्मिएको पतिले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here