काठमाडौं । विश्वकप-२०१८ को सेमिफाइनलमा हारको बदला लिदै इंग्ल्याण्डले यूरोकपको पहिलो खेलमा क्रोयसियालाई पराजित गरेको छ।
रहिम स्टलिङको निर्णायक गोलमा इंग्ल्यान्डले क्रोयसियालाई १–० गोल अन्तरले पराजित गरेको हो। जितसँगै इंग्ल्यान्ड ३ अंक जोडेर समूह ‘डी’ को शीर्ष स्थानमा छ।
खेलको पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा मात्रै गोल सम्भव भयो। वेम्वली स्टेडियम लन्डनमा भएको खेलको ५७ औँ मिनेटमा स्टलिङले निर्णायक गोल गरे।रहिमले काल्भिन फिलिप्सको पासमा गोल गरेका हुन्।
यूरो कपमा दशौं खेलपछि बल्ल इंग्ल्याण्डले पहिलो खेल जितेको हो। यसअघि उसले ५ खेलमा बराबरी र चार खेलमा हार बेहोरेको थियो। क्रोयसियाले भने २०२० यता १४ खेलमध्ये ८ खेलमा हार बेहोरेको छ।

















