निःशुल्क खाना वितरण अभियान समापन

72

काठमाडौं  । काठमाडौंको नयाँ बसपार्क माछापोखरीमा विगत १८ दिनदेखि निःशुल्क खाना वितरण अभियान समापन भएको छ । बीपी स्टडी युथ सर्कलले सञ्चालन गरेको उक्त अभियान अन्तर्गत बिहीबारसम्म साँझ बिहान गरी नौ हजारभन्दा बढी व्यक्तिलाई निःशुल्क खाना वितरण गरिएको थियो ।

नेपाली काँंग्रेसका युवा नेता भूपेन्द्रजङ्ग शाहीको अगुवाइमा उक्त कार्य गरिएको थियो । सो अभियानमा ऋषि कोइराला, सुमन गिरी, सुवास कट्टेललगायत युवा नेताको सक्रियता थियो ।

नेपाली काँंग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, बीपी युथ सर्कलका सल्लाहकार भूपेन्द्रजङ्ग शाही, बीपी युथ सर्कलका केन्द्रीय अध्यक्ष ऋषि कोइरालालगायतको उपस्थितिमा कार्यक्रम समापन गरिएको थियो । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here