शिक्षामन्त्री श्रेष्ठ विरुद्ध रुपा सुनारबाट उजुरी दर्ता [उजुरी सहित]

52

काठमाडाैं । सञ्चारकर्मी रुपा सुनारले आफूमाथि जातीय छुवाछुत गर्नेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्। उनले दलित भएको भन्दै कोठा भाडामा नदिने घरधनी सरस्वती प्रधानका साथै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई समेत विपक्षी बनाएर आइतबार मुद्दा दायर गरेकी हुन्।

उनले कोठा भाडामा लिने/दिने माैखिक समहति भइसकेको अवस्थामा घरधनी प्रधानले आफू दलित समुदाय (कामी) थरको भएको जनाएपछि कोठा दिन अस्वीकार गरेको रिटमा उल्लेख गरेकी छन्। उनले रिटमा संवैधानिक एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था जातीय भेदभाव तथा छुवाछुत कसुरको कसुरदारलाई कानुनबमोजिम कारबाही तथा मेरो मौलिक हकको संरक्षणको लागि आदेश जारी गर्न माग गरेकी छन्।   यसैगरी शिक्षामन्त्री श्रेष्ठले अभियुक्तलाई छुटाउन पदीय ओहदा र सरकारी पद तथा स्रोतसमेतको दुरुपयोग गरी प्रहरी कार्यालयमै पुगी अनुसन्धानमा बाधा व्यवधान उत्पन्न गराएकोले तत्काल उक्त पदबाट हटाइ निजमाथि जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐनबमोजिम कारबाहीको माग गरिएको छ।

 ‘कुराकानीकै क्रममा म आफू दलित समुदाय (कामी) थरकी रहेको जानकारी विपक्षीलाई गराउँदा तत्क्षणमै ला! भनी अचम्म मान्दै मुखाकृतिमा एक्कासी परिवर्तन हुँदै घरमा छलफल गरी जानकारी गराउँला भनी मेरो सम्पर्क नम्बर माग्नुभयो। मैले साथीलाई जानकारी दिनुहोला भन्दै हामी उक्त घरबाट बाहिरियौं,’ उनले रिटमा उल्लेख गरेकी छन्, ‘काठमाडौं जस्तो शिक्षित ठाउँ, देशको राजधानीमा जातका कारण कोठा दिने कुरालाई इन्कार गर्नु हुँदैन होला भनी छलफल गरी बस्न आउनू भनी बोलाउनुहुन्छ होला भन्ने लागेको थियो।

तर, हामी त्यहाँबाट हिँडेको करिब एक घण्टापछि विपक्षीले मसँगै कोठा देखाई सहयोग गर्न जानुभएकी साथीलाई फोन गरी ‘मलाई भन्न पनि अफ्ठ्यारो भयो, घरमा बूढी आमा हुनुहुन्छ, पूजाआजा गर्नुपर्छ, उनलाई हुँदैन, बरू अरु मान्छे भयो भने पठाइदेउ है’ भनी जातकै कारण कोठा दिन नमिल्ने आसयसहित जानकारी दिनुभयो। सो कुराले मलाई अलि असहज भयो।’

उनले त्यसो भनेको हो, होइन आफैं यकीन गर्न साथीसँग फोन नम्बर मागी विपक्षी (सरस्वती)लाई फोन गर्दा कुराकानीमा ‘बुढी आमा हुनुहुन्छ, घरमा पुजाआजाका कार्यक्रम पनि हुने भएकोले तपाईंलाई कोठा भाडामा दिन सकिँदैन भन्नुभयो’ भनी उल्लेख गरेकी छन्। ‘त्यसपछि मैले म कामी भएको कारणले कोठा दिन्न भन्नुभएको हो? भनी प्रश्न गर्दा उहाँले पनि ‘हो’ भन्दै अर्को जातको कोही मान्छे भए पठाइदिनु भनेर फोन राख्नुभयो,’ उनले भनेकी छन्।

उक्त कार्यबाट आफ्नो आत्मसम्मान तथा मर्यादामा निकै गहिरो चोट पुगेको उनले खुलाएकी छन्। विपक्षीले आफूमाथि जातीय भेदभाव तथा छुवाछुतजन्य कसुर विरुद्ध जातीय छुवाछूत तथा अन्य सामाजिक भेदभाव (कसुर र सजाय) ऐन, २०६८ विपरीत कसुरजन्य कार्य गरेको रुपाले उल्लेख गरेकी छन्।

यस्तो छ रिटको पूर्णपाठ:

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here