काठमाडौं । महालक्ष्मी विकास बैंकको असार १८ गते शुक्रबार बसेको सञ्चालक समितिको ४९० औं बैठकले स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठलाई नियुक्त गरेको छ ।
बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रेष्ठले (स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन् । श्रेष्ठसँग तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव छ ।