एमाले कार्यदलको बैठक बस्दै

195

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलको बैठक आज पनि बस्दैछ ।

सिंहदरबारमा दिउँसो १ बजे बस्ने भनिएको उक्त बैठकमा विवाद समाधान गर्दै पार्टी मिलाउन घनिभुत ढंगले छलफल अगाडि बढाउने कार्यदलमा माधव पक्षका संयोजक भिम रावलले जानकारी दिएका छन् ।

पार्टीभित्रका तमाम विवाद समाधान गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानका लागि जेठ २ गते गठित कार्यदलमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शङ्कर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली सदस्य रहेका छन् भने माधव नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

पार्टीभित्र विवाद झन चर्कदै गएपछि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई मिलाउन लागेका नेताहरुले समस्या समाधानका लागि सोमबार कार्यदल व्यूँत्याएर औपचारिक रुपमै छलफलमा लागेका छन् ।

जेठ २ गते कार्यदल गठन भएदेखि सोमबार बेलुका तेस्रोपटक सिंहदरबारमा बसेको कार्यदलको बैठकमा अहिलेसम्म भएका छलफलका विषयमा पुनरावलोकन गरिएको कार्यदलका सदस्य गोकर्ण विष्टले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here