जसपाका ठाकुर र यादव पक्ष निर्वाचन आयोग जाँदै

295

काठमाडौं । विभाजनउन्मुख जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा जाने भएका छन् ।

पार्टीमा विवाद बढेपछि दुवै पक्षले एक अर्को पक्षलाई कारवाही गर्दै आफू नै आधिकारिक भएको दावीसहित आयोगमा निवेदन दिएका थिए ।

आयोगले त्यसलाई प्रक्रियामा अगाडि लिएर दुवै पक्षलाई छलफलका लागि आज बोलाएको छ । उनीहरूलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम छलफलका लागि बोलाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here