माधवकुमार नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

272

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित नेपाल निवासमा पुगेका छन्।

जनकपुर पुगेका प्रचण्ड त्यहाँबाट फर्केलगत्तै सिधै कोटेश्वर पुगेका हुन्। प्रचण्ड विमानस्थलबाट सिधै नेपालनिवास पुगेको स्रोतले बतायो।

सिंहदरबारमा एमालेलाई फुटबाट जोगाउन अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षको कार्यदल बैठक जारी रहेका बेला नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका हुन्। उनीहरूबीच अहिले छलफल भइरहेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here