सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार

194

काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चा मिलेर बनेको सत्ता गठबन्धले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको हो ।

२९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि गठबन्धनमा रहेका दलहरूबीचको सहमतिबाट सरकारका कामकारबाहीलाई सहयोग गर्न भन्दै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय कार्यदल बनाइएको थियो ।

सो कार्यदलले सरकारको न्यूतम साझा कार्यक्रमको मस्यौदा तयार पारेको हो । कार्यदलले तयार पारेको मस्यौदालाई शीर्ष नेतृत्वबाट अन्तिम रूप दिने तयारी भइरहेको छ । कार्यदलले नै सरकारमा सहभागी हुने दलबीच मन्त्रीको भागबन्डाको कामसमेत गरिरहेको छ । महेश्वर गौतमले राजधानी दैनिकमा खवर छापेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here