यी हुन् ज्ञानसँगै सीप सिकाउने १५ निःशुल्क एप

70

काठमाडौं । मोबाइल डिभाइसको आविष्कारसँगै हामीले गर्ने अध्ययन अध्यापनको प्रचलनमा पनि धेरै परिवर्तन आएको छ । सिक्नकै लागि भनेर अब कुनै शैक्षिक संस्था वा तालिम लगायतका गतिविधिमा संलग्न हुनैपर्छ भन्ने प्रवृत्ति कम हुँदै गएको छ ।

तपाईंको स्मार्टफोनले राम्रा फोटा र भिडिओ खिच्नेबाहेक सही प्रयोग गरेको खण्डमा ज्ञानको दायरालाई बढाउन पनि सहयोग गर्छ ।

हुन त मोबाइलको आविष्कारभन्दा धेरैअगाडि नै लर्निङ सफ्टवेयरहरू विकास भइसकेका थिए । तर त्यतिबेला तपाईंले किताब किनेजस्तै सो सफ्टवेयरहरू किन्नपर्थ्यो ।अब भने तपाईंले जुनसुकै क्षेत्रसँग सम्बन्धित जानकारी वा ज्ञानका लागि सफ्टवेयर किन्ने होइन, आफ्नै स्मार्टफोनमा उत्कृष्ट एपहरू डाउनलोड गर्नुहोस् । 

कुनै पनि क्षेत्रका बारेमा बझ्न र सिक्नका लागि डाउनलोड गर्नुहोस् यी १५ नि:शुल्क एप:

१. युडमी (Udemy)

वेबसाइटको विकासदेखि लिएर आफ्नो व्यक्तिगत विकाससम्मको बारेमा विभिन्न कोर्ष दिने अनलाइन सर्भिस हाे, युडमी एप ।

Cover art

उदाहरणका लागि यदि तपाईं गिटार सिक्न चाहनुहुन्छ भने यो एपमार्फत तपाईंले सहजै गिटार बजाउन सक्नुहुन्छ र यदि तपाईंलाई गिटार बजाउन त आउँछ, तर अझै सिक्न चाहनुहुन्छ भने यो एपमार्फत तपाईंले थप सुधार गर्न सक्नुहुन्छ ।

त्यस्तै नयाँ व्यावसाय सुरु गर्न चाहनुहुन्छ ? अथवा कुनै वेबसाइट विकास गर्न चाहनुहुन्छ भने युडमीमा यी सबै कुरा सिक्नका लागि विभिन्न कोर्ष पाउन सकिन्छ । यो एप तपाईंले सित्तैमा डाउनलोड गर्न सक्नुहुन्छ तर यसमा भएका कोर्षका लागि भने तपाईंले पैसा तिर्नुपर्ने हुन्छ।

२. लिन्डा (Lynda)

लिन्डाले पनि युडमीले जस्तै विभिन्न विषयहरुको कोर्ष सञ्चालन गरिरहेको छ । लिन्डाको वेबसाइटमा भिडिओ प्रोडक्सन र सफ्टवेयर डेभलपमेन्टका साथै अन्य कोर्ष उपलब्ध छन् भने यसको मोबाइल एपमा वेबमा भन्दा पनि थुप्रै कोर्ष रहेका छन् ।

Cover art

यस एपमा उपलब्ध कोर्षहरू तपाईंले आफ्नो उपयुक्त समयअनुसार जहाँबाट पनि र जहिले पनि लिन सक्नुहुन्छ । यसको कुनै तालिका बनाएर कोर्ष लिनुपर्ने भन्ने नियम छैन । त्यस्तै युडमीमा भन्दा यसमा अझ बढी कोर्ष उपलब्ध छन् ।

लिन्डाबाट कोर्ष लिनका लागि भने तपाईंले तपाईंको कोर्ष मासिक हिसाबले सब्स्क्राइब गर्नुपर्ने हुन्छ । यदि तपाईं पहिले कोर्षको परीक्षण गर्न चाहनुहुन्छ भने सबै कोर्षमा सुरुको १० दिनको नि:शुल्क ट्रायलको पनि व्यवस्था गरिएको छ ।

३. खान एकेडेमी (Khan Academy) 

उत्कृष्ट लर्निङ एपमध्ये अर्को एप हो, खान एकेडेमी । युडमी र लिन्डामा जस्तै यसमा पनि विभिन्न क्षेत्रका कोर्ष लिन सक्नुहुन्छ, त्यो पनि नि:शुल्क । खान एकेडेमी अन्तर्गतका सम्पूर्ण कोर्ष तपाईंले नि:शुल्क पढ्न पाउनुहुन्छ ।

Cover art

हुन त यस एपमा भएका धेरैजसो कोर्षहरू एकेडेमिक कोर्ष जस्तै गणित, विज्ञान र मानविकी संकायका कोर्ष छन् । साथै यसमा कम्प्युटर साइन्ससँग सम्बन्धित कोर्षहरू पनि छन् ।

४. टेड (Ted)

छोटो अवधिको भिडियोमार्फत मान्छेहरूलाई विभिन्न प्रेरणादायी विचार दिने गैरनाफामूलक संस्था टेडले विकास गरेको एप हो यो ।

Cover art

यसमा विभन्न क्षेत्रसँग सम्बन्धित १८ मिनेट वा सोभन्दा कम समयका भिडिओ हुन्छन् । ‘टेड टक्स’ नामक कार्यक्रमका लगभग सम्पूर्ण भिडिओ यो एपमा पाउन सकिन्छ ।

५. लुमोसिटि (Lumosity)

यदि तपाईं आफ्नो शरीरलाई स्वस्थ बनाउन चाहनुहुन्छ भने तपाईं व्यायाम गर्नुहुन्छ । तर यदि तपाईं आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न चाहनुहुन्छ भने के गर्नुहुन्छ? यसको लागि सही बाटो हुनसक्छ लुमोसिटि एप । यो एपमा ब्रेन ट्रेनिङका लागि थुप्रै गेमका सिरिज छन् ।

Cover art

आफ्नो मस्तिष्कलाई चुस्त बनाउन विभिन्न विज्ञहरूको सहयोगमा विकास गरिएको ब्रेन ट्रेनिङका गेमहरू यस एपमा पाइन्छ । सो गेमको सहयोगमा तपाईंले आफ्नो मस्तिष्क विकास गर्न सक्नुहुन्छ ।

यो मस्तिष्कको व्ययाम गराउने एप हो । तपाईंले यो एप पनि नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ तर यसमा भएका कतिपय कोर्ष लिनका लागि भने तपाईंले पैसा तिर्नुपर्ने हुन्छ ।

६. गुडरिड्स (GoodReads)

आजको डिजिटल युगमा पनि केही सिक्नका लागि किताबको महत्त्व उत्तिनै छ । सिकाइको क्रममा धेरैजसो मान्छेहरूका लागि आज पनि राम्रो माध्यम भनेको किताब नै हो । यद्यपि एकै विषयमा पनि हजारौं किताब बजारमा उपलब्ध हुन्छन् ।

Cover art

तपाईंलाई कुनै विषयको बारेमा केही जान्न मन लाग्यो भने कुन चाहिँ किताब पढ्दा राम्रो हुन्छ भन्ने विषयमा प्रायः जसो दुविधा भएको हुन सक्छ । यस्तोमा सही निर्णय लिनका लागि गुडरिड्सले मद्दत गर्दछ । चार करोडभन्दा बढी सदस्य भएको गुडरिड्सको मुख्य लक्ष्य भनेको नै उपयुक्त किताब उपयुक्त मान्छेको हातमा पार्नु हो ।

तपाईंको रुचि जे विषयमा भए पनि यस एपले तपाईंको रुचि र आवश्यकता अनुसारको किताबको बारेमा तपाईंलाई सुझाव दिन्छ ।

७. डियोओलिङ्गो (Duolingo)

के तपाईं विदेशी भाषा सिक्न चाहनुहुन्छ ? स्पेन, फ्रान्स लगायत अन्य १२ वटा देशका भाषा यो एपमा उपलब्ध छ ।

Cover art

यो एप प्रयोग गरेर तपाईंले उपलब्ध भाषाको आफूअनुकूल समयमा कोर्ष लिन सक्नुहुन्छ । भर्खरै सुरु गरेको होस् वा अलिअलि जान्ने, हरेक प्रकारका सिकारुका लागि यो एपमा फरक-फरक कोर्षहरू उपलब्ध छन् ।

८. स्टडीब्लु (StudyBlue)

के तपाईंले कक्षामा राम्रोसँग पढ्न पाउनु भएको छैन ? अथवा तपाईंले केही कोर्षहरू मिस गर्नुभएको छ ? यदि छ भने यस्तोमा तपाईंले कुनै ट्युशन क्लास पनि लिन सक्नुहुन्छ ।

Cover art

तर यदि तपाईं विद्यार्थी र शिक्षकहरूले नै तयार पारेको शैक्षिक सामाग्री स्व:अध्ययन गर्न चाहनुहुन्छ भने स्टडीब्लु तपाईंका लागि उपयुक्त हुनसक्छ । स्टडीब्लु भनेको एउटा क्राउडसोर्स प्ल्याटफर्म हो, जसले तपाईंका छुटेका कोर्ष पुरा गर्न मद्दत गर्छ ।

यस एपमा तपाईंले आफूलाईं आवश्यक विषयको नोट, अध्ययन सामग्रीलगायत अन्य गाइडहरू पनि पाउन सक्नुहुन्छ ।

९. विकिपेडिया (Wikipedia)

विकिपेडिया तपाईंले सुनिरहेकै नाम हो । सायद तपाईंले पनि धेरै कुरा थाहा पाउनका लागि वेबमा विकिपेडिया प्रयोग गर्नुभएको छ होला । तर यसको मोबाइल एप पनि छ, जसले तपाईंले सहजै कुनै पनि बेला तपाईंको इच्छाअनुसार जानकारी उपलब्ध गराउँछ ।

Cover art

हुन त हरेक कुराको विषयमा जानकारी हुने भए पनि सूचना जोकोहीले सम्पादन गर्नसक्ने हुँदा विकिपेडियालाई त्यति विश्वासिलो मानिदैँन । यद्यपि धेरै समयमा यसले मद्दत भने गर्दछ ।

१०. युट्युव (Youtube)

युट्यव हामी सबैको बीचमा एकदमै चर्चित एप हो र सायदै कसैको मोबाइमा यो एप छैन होला । तर धेरैजसो समय हामी यो एप गीत सुन्न र चलचित्र हेर्न प्रयोग गर्छौं ।

Cover art

योबाहेक यसमा पनि हरेक क्षेत्रको विषयमा थुप्रै जानकारीहरु हुन्छन्, जसको सदुपयोग गरेर तपाईंले आफ्नो ज्ञानको दायरा बढाउन सक्नुहुन्छ ।

११. टिंक: कोडिङ फर किड्स (Tynker: Coding for Kids)

बालबालिकालाई अन्तर्क्रियात्मक तरिकाबाट कम्प्युटर प्रोग्रामिङ र कोडिङ सिकाउने एप हो टिंक । यहाँ उपलब्ध कोर्षहरू बालबालिकाले आफ्नो रुचि र आफ्नो अनुकुल समयअनुसार सिक्न र प्रयोग गर्न सक्छन् ।

Cover art

सबै उपलब्ध कोर्षहरू बिगिनर, मेडियम र एड्भान्स लेभलको छ । प्रोग्रामिङको एउटा लेभल पार गरेपछि एपमा बालबालिकाका लागि पाइथन र जाभास्कृप्टका कोर्षहरू पनि छन् । त्यस्तै बालबालिकाले वेबसाइट, एप र गेमहरू कसरी विकास गर्ने भनेर पनि सिक्न सक्छन् ।

१२. गुगल आर्टस् एण्ड कल्चर (Google Arts & Culture)

यदि तपाईंको रुचि ऐतिहासिक कला र सँस्कृतिमा छ भने गुगल आर्टस् एण्ड कल्चर तपाईंको लागि एकदमै उपयोगी एप हुनसक्छ । यस एपले तपाईंलाई चर्चित म्युजियम र ऐतिहासिक स्थलहरूको ३६० डिग्री भर्चुअल टुर गराउँछ ।

Cover art

यस भर्चुअल टुरमा तपाईंले आफूलाईं मनपरेका चित्र जुम गरेर पनि हेर्न सक्नुहुन्छ । एपमा विभिन्न कलाकारहरूले तयार पारेको विवरणसहितका चित्रहरू पनि देख्न सकिन्छ । त्यस्तै तपाईंले आफ्नै ग्यालरी पनि क्रिएट गर्न सक्नुहुन्छ ।

त्यतिमात्र होइन, यहाँ भएका आर्टहरूका विवरण आफ्नै भाषामा ट्रान्सलेट गरेर सुन्न पनि सकिन्छ ।

१३. कोरा (Quora)

कोरा मोबाइल एप प्रयोग गरेर तपाईंले आफ्नो रुचि भएको विषयलाई ब्राउज गर्न सक्नुहुन्छ र तपाईं आफैंले पनि आफ्ना प्रश्नहरू पोस्ट गर्न सक्नुहुन्छ । तपाईंका प्रश्नसँग सम्बन्धित व्यक्तिहरूले तपाईंलाई प्रतिक्रिया दिन पनि सक्छन् ।

Cover art

यसरी आफ्नो रुचिअनुसारको विषयमा अन्तर्क्रियात्मक रुपमा सिक्न र बुझ्न सकिन्छ । त्यस्तै तपाईंले आफूले जानेका विषयमा जवाफ दिएर अरुलाई सूचना दिन पनि सकिन्छ ।

१४. इडीएक्स (EdX)

विश्वका उत्कृष्ट विश्वविद्यालयहरूको कोर्षहरू नि:शुल्कमा पढ्ने एउटा राम्रो माध्यम हो, इडीएक्स एप । यो कुनै शैक्षिक कार्यक्रमभित्र पर्दैन । तर तपाईंको रुचि भएको विषयमा भर्चुअल कक्षामा सहभागी भने हुन सक्नुहुन्छ ।

Cover art

यसबाट कुनै डिग्री भने उपलब्ध हुँदैन । यस एपमा बायोलोजी, केमेस्ट्री, बिजनेस म्यानेजमेन्ट, कम्प्युटर साइन्सलगायत दुई हजारभन्दा बढी कोर्षहरू उपलब्ध छन् ।

१५. स्टार चार्ट (Start Chart)

यदि तपाईं अन्तरिक्षमा रुचि राख्नुहुन्छ भने स्टार चार्ट एप तपाईंको सहयात्री बन्न सक्छ । यो एप डाउनलोड गरेर आफ्नो फोन वा अरु डिभाइस आकाशतिर देखाउनुहोस् ।

Cover art

त्यसपछि यो एपले तुरून्तै तपाईंले हेर्नुभएको स्थानको विषयमा सम्पूर्ण विवरण दिन्छ । यस एपबाट तपाईंले अन्तरिक्ष, अर्विट, तारा, ग्रह-उपग्रहहरू लगायतको विषयमा विवरण प्राप्त गर्न सक्नुहुन्छ ।

इन्डिपेन्डेन्स युनिभर्सिटीबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here