बंगलादेशमा हिन्दू मन्दिरमा तोडफोड

59

काठमाडौं । बङ्गलादेशको खुलना जिल्लाको रुपसामा केही मन्दिर र हिन्दू समुदायका मानिसहरुको पसल तोडफोड गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। यो घटना रुपसाको शियाली गाउँमा भएको थियो।

हिन्दू समुदायसँग सम्बन्ध राख्नेहरुका अनुसार चार मन्दिरमा तोडफोड गरिएको थियो भने मुर्तिमा क्षति पुर्‍याइएको बीबीसीले जनाएको छ। तर प्रहरीले भने कतिवटा मन्दिरमा क्षति पुर्‍याइएको छ यसको पुष्टि गरेको छैन।   स्थानीय प्रशासनले घटनाको पुष्टि गरेको छ।  प्रहरीले शनिबार रात उजुरी दर्ता गरेसँगै उनीहरु गिरफ्तार भएका हुन्।

तर प्रहरीले ककसलाई पक्राउ गरेको हो भन्नेबारे केही सार्वजनिक नभएको जनाइएको छ। रुपसा प्रहरी स्टेशनका अफिसर इन्चार्ज सरदार मोशर्रफ हुसेले भने, “यो क्षेत्रको स्थिति अब शान्तिपूर्ण छ।”

बीबीसीका अनुसार मुस्लिम र हिन्दू समुदायबीच शुक्रबार विवाद सुरु भएको थियो। शुक्रबार राति मस्जिदमा नमाज पढ्ने समयमा हिन्दूहरुले गीत गाएको भनेर विवाद सुरु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here