एजेन्सी । नेपालमा कोरोनाको तेस्रो लहर आउनसक्ने चेतावनी विज्ञहरुले दिइरहेका छन् । तेस्रो लहरमा बालबालिकाहरु धेरै प्रभावित हुने अनुमान लगाइएको छ । अमेरिका र बेलायतमा भने यस्तो अनुमान साँचो निस्किएको छ । अमेरिका र बेलायतका बालबालिकाहरूमा पहिलो र दोस्रो लहरको दाँजोमा अहिले बालबालिकाहरूमा कोरोना संक्रमण बढेको छ । अमेरिकाको अलाबामा, अरकन्सास, लुसियाना र फ्लोरिडामा १८ वर्षभन्दा कम उमेरका बच्चाहरूमा संक्रमण बढेको हो ।
अमेरिकामा २०२० मा बच्चाको मृत्युको प्रमुख कारण कोरोना थियो । युनिभर्सिटी अफ ब्रिस्टलका बालरोग विशेषज्ञ प्रोफेसर एडम फिन्नका अनुसार बच्चामा कोरोना संक्रमणको खतरा कम भएको छैन । ‘मेरो साथी भन्छन् कि उनले अस्पतालमा संक्रमित बच्चालाई देखिरहेका छन् । तर संख्या निकै कम छ । यो लहर पहिलेका दुई लहरको तुलनामा केही अलग छ भन्ने स्पष्ट हुन्छ ।’
इम्पेरियल कलेज अफ लण्डनका पिडियाट्रिक संक्रामक रोग विशेषज्ञ डाक्टर एलिजावेथ व्हिटकरले पनि अमेरिका र बेलायतमा १२ वर्षभन्दा कम उमेरका बच्चाहरु संक्रमित हुने दर बढेको बताए ।


















