नेकपा एमालेसँग मिल्ने नाम अन्य पार्टी दर्ता गर्न मिल्दैन : अधिवक्ता दाहाल

120
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीसँग मिल्ने नाम, निर्वाचन चिह्न, अंग्रेजी नाम वा अन्य कुरा मिल्ने गरि कुनै पनि पार्टी दर्ताको प्रक्रिया सुरु नर्गन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।

केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेसँग मिल्ने नाम लगायत दिन नमिल्ने भएकाले यससँग मिल्दोजुल्दो हुने गरि अन्य पार्टीको नाम दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको सुनिएकोले ध्यानाकर्षण गराएको एमाले निर्वाचन कमिटिका सचिव एवं अधिवक्ता बाबुराम दाहालले जनाएका छन्। ‘नेकपा एमालेसँग मिल्नेगरि कुनै पनि नाम वा अरु कुरा दिन मिल्दैन। निर्वाचन आयोग पुगेर यही कुरा ध्यानाकर्षण गराएका हौं’, उनले भने, ‘आयोगले मिल्दो नाम दर्ता हुँदैन भन्नुभएको छ।’

एमालेबाट अलग भएका माधव कुमार नेपालपक्षले एमाले समाजवादी नाम राखेपछि ओली पक्ष आयोग पुगेको थियो। आयोगकै सुझाव अनुसार नेपाल पक्षले पार्टीको नाम नेकपा एकीकृत समाजवादी प्रस्ताव गरेको छ। निर्वाचन चिह्नबारे भने अझै टुंगो लागेको छैन। यसअघि खुला किताव निर्वाचन चिह्न राख्न खोजिएको भएपनि आयोगमा दर्ता रहेको अन्य दलसँग मिलेपछि नेपालपक्षले पछि निर्णय गर्ने जनाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here