मकवानपुरमा भदौ २० गतेदेखि विद्यालय सञ्चालनमा

80
मकवानपुर ।आगामी भदौ २० गतेदेखि मकवानपुरमा शैक्षिक संस्था सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुमति दिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज बसेको बैठकले विद्यालय तथा क्याम्पसहरू भदौ २० गतेबाट भौतिक उपस्थितिमा सञ्चालन गर्ने निर्णय गरिएको हो ।

जिल्लाका दश वटै स्थानीय तहले अवस्था हेरेर आफ्नो क्षेत्रमा शिक्षण संस्थाहरु खोल्न पाउने गरी निर्णय गरेको मकवानपुरका प्रमुख जिल्ला आधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
उक्त निर्णय अनुसार स्थानीय तहका वडा कार्यालयहरूले आफ्ना वडाहरूमा कोरोना संक्रमणको अवस्थालाई हेरेर स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएर विद्यालय तथा क्याम्पसहरू खोल्न सक्नेछन् ।

विद्यालयमा भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन गर्ने सम्बन्धमा अभिभावकहरूको सहमति भने हुनु पर्ने प्रजिअ पाण्डेले बताए ।

प्रजिअ पाण्डेका अनुसार विद्यालय व्यवस्थापन समितिको सिफारिस बमोजिम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ मा उल्लेखित मापदण्ड पूरा गर्ने गरी सम्बन्धित स्थानीय तहले स्वीकृत गरी सञ्चालन गर्नुपर्नेछ ।
त्यस्तै ट्युसन तथा कोचिङ सेन्टर, तालिम तथा प्रशिक्षण केन्द्रहरूले पनि जनस्वास्थ्यमा मापदण्डहरू पूर्ण पालना गर्ने गरी सम्बन्धित स्थानीय तहको स्वीकृतिमा आफ्नो कार्य सञ्चालन गर्न पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here