याे हाे कमिला नपाइने संसारकै सबैभन्दा ठूलो टापु

116

एजेन्सी । विश्वभर नै पाइने जिवमध्ये कमिला पनि एक हो । एक तथ्यांक अनुसार हालसम्म १२ हजार भन्दा धेरै प्रजातिका कमिलाहरु पृथ्वीमा फेला परेका छन् ।

अफ्रिकामा त कतिपय कमिला यतिधेरै घातक छन् जसले चिल्यो भने मानिसको मृत्यु नै हुन सक्दछ । तर संसारमा एउटा यस्तो ठाउँ छ जहाँ एउटा पनि कमिला पाइँदैन । साथै कमिलाको जिवन चल्नका लागि त्यहाँ कुनै खाद्य श्रृंखला पनि उपलब्ध छैन ।

कमिला नै नपाइने संसारको त्यस्तो ठाउँ ग्रिनल्याण्ड हो । ग्रिनल्याण्ड संसारको सबैभन्दा ठूलो टापु पनि हो ।

वास्तवमा मौसम र जलवायु कमिलाको विकास र प्रजननमा निकै सहयोगी बन्दछ । ग्रिनल्याण्डको मौसम निकै चिसो हुन्छ । सोही कारण कमिला बाँच्नकै लागि पनि त्यहाँको पारिस्थितिक प्रणाली उपयुक्त हुँदैन । वैज्ञानिकहरुका अनुसार चिसो मौसम तथा जलवायुले कमिलालार्य नकारात्मक रुपमा प्रभावित गर्दछ । सोही कारण ग्रिनल्याण्डमा कमिला बाँच्न सक्दैन ।

ग्रिनल्याण्ड नै चिसो ठाउँ छ । यो डेनमार्कको स्वामित्वमा रहेको टापु हो । यो टापु पृथ्वीको उत्तरी ध्रुवमा पर्दछ । त्यहाँ निकै चिसो हुन्छ, जस्तो अवस्थामा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्कटिकामा हुन्छ । यद्यपि अन्टार्कटिकामा पनि कमिला पाइँदैन ।

पृथ्वीको सबैभन्दा ठूलो टापु आइल्याण्ड निकै सुन्दर टापु हो । यसको ठूलो हिस्सा हिउँले ढाकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here