आइतबारदेखि मनसुन फेरि सक्रिय

82

काठमाडौं । आइतबारदेखि नेपालमा मनसुन फेरि सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि नेपालमा फेरि मनसुन सक्रिय हुने बताएको हो ।

महाशाखाका अनुसार मनसुनी न्यूनचापीय रेखा अहिले नेपालको तराईभन्दा थोरै पर रहेको र त्यो रेखा नजिक आएपछि  मनसुनको सक्रियता बढ्ने छ ।

त्यस्तै, महाशाखाले आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here