चार सर्वसाधारणले अन्तरिक्षयात्री पृथ्वीको कक्ष घुमे

127

काठमाडौं । पहिलोपटक अन्तरिक्षयात्रामा गएका चार सर्वसाधारण अन्तरिक्षयात्री सुरक्षित रूपमा पृथ्वीमा अवतरण गरेका छन् ।

द इन्स्पिरेसन फोर चालक दल स्पेस एक्स ड्रागन क्याप्सुलमा बुधबार फ्लोरिडाबाट उडेका उनीहरू स्थानीय समयानुसार शनिबार बेलुका ७ बजे (जीएमटी २३) बजे समुद्रमा अवतरण गरेका हुन् । उनीहरूलाई स्पेस एक्सका डुं्गाले बाहिर निकालेका थिए । उनीहरू सबैजना पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो सर्वसाधारण यात्री बनेका बीबीसीले जनाएको छ ।

द इन्स्पिरेसन फोरको नेतृत्व अर्बपति ज्यारेड आइज्याकम्यानले गरेका थिए । उनले नै यो यात्राको खर्च बेहोरेका हुन् । कति खर्च भयो भन्नेबारे खुलाइएको छैन, तर टाइम म्यागाजिनले २०० मिलियन डलर खर्च भएको अनुमान गरेको छ । आइज्याकम्यानले सो रकम अर्का अर्बपति एलन मस्कलाई तिरेका थिए ।

एलन मस्कको कम्पनीले मानिसलाई अन्तरिक्षमा लगेर पृथ्वीमा फर्काएको यो तेस्रोपटक हो । यसलाई अन्तरिक्ष पर्यटनको कोसेढुंगा मानिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here