भ्वाइस अफ नेपालका सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक

133

सार्वजनिक काठमाण्डौँ, असोज ३ । भ्वाइस अफ नेपाल सिजन ३ बाट राम्रै चर्चा बटुलेका गायक सुनिल थापा मगरले हालै ‘निर हो’ बोलको मर्मास्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन् ।

२०६६ सालबाट आफ्नो सांगितिक यात्राा शुरु गरेका गायक मगर नुवाकोटमा जन्मेका हुन भने उनले पहिलो पल्ट रेकर्डिङ गरेर सार्वजनिक गरेको पहिलो गीतको बोल ‘नशालु’ हो । सानैदेखि नै गीत संगीतको मोहमा डुबेका उनले सबै थरिका गीतहरु गाउने लेख्ने र संगीत भर्ने पनि गर्छन् भने थुप्रै गीत र भिडियोहरु सांगितिक बजारमा ल्याइसकेका छन । गीत संगीत त मेरो नसा नसामा रगत बनेर बगेको छ भन्ने उनी भ्वाइस अफ नेपालमा राम्रै लेभलसम्म पुगेका थिए । आफुलाई त्यो बेला स्वास्थ्य र भाग्यले साथ दिएन भन्दै आफ्नो मनको व्यथा पोखेका थिए ।

दर्शक श्रोताले त्यो बेला राम्रै माया र साथ दिनु भएको थियो । प्रतिस्पर्धामा त हार र जित त भई हाल्छ नी तर पनि दर्शकश्रोताको यती धेरै माया पाए म त्यस्मै खुशी छु ‘ गायक सुनिलले तेजनेपाललाई बताए । हालै सार्वजनिक गीतमा उनलाई स्वरमा सुजिता योञ्नजनले साथ दिएकी छिन भने शब्द संगीत किरण माइकल घिमिरेको रहेको छ । सञ्जय हमालको संगीत संयोजन रहेको गीतलाई गोबिन्द सोनीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन भने ब्याक्राउण्ड स्कोर म्युजिक बिनय कार्कीले गरेका हुन ।

एउटा सामान्य माझिको जोडीको कथा व्यथालाई सेमेटेर प्रस्तुतु गरिएको भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक शसान कंडेलको निर्देशन गरेका छन । भिडियोमा जि बि चिरन र सोनिया महतको दमदार अभिनय देख्न सकिन्छ भने बाल कलाकार प्रियाान्स कंडेलको पनि अभिनय देख्न सकिन्छ ।

भिडियोमा बुद्ध लामा र दिपक गिरीको छांयाकन, बिकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई गायक सुनिल थापा मगरले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here