असोज १० देखि विद्यालय सञ्चालन गर्न अनुमति

88

काठमाडौं । काठमाडौं महानगरले १० असोजदेखि विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने मापदण्डसहित यस्तो निर्णय गरेको हो । योसँगै विद्यालयहरूले स्वास्थ्य मापदण्ड पालना गरेर पठनपाठन गराउन पाउने भएका हुन् ।

विद्यालय सञ्चालन गर्न बालबालिकाको सम्पर्कमा हुने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले खोप अनिवार्य लगाएको हुनुपर्ने मेयर शाक्यले बताए ।

‘यदि कसैले लगाउन पाउनु भएको छैन भने हामी खोप उपलब्ध गराउँछौँ,’ उनले भने ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीकाअनुसार विद्यालयले कक्षा सञ्चालन विस्तृत कार्ययोजना बनाएर शिक्षा विभागमा पेश गर्नुपर्नेछ । विद्यालय सञ्चालन गर्न तोकिएका मापदण्डको पालना गराएकोरनगराएको बारे शिक्षा विभागले नियमित अनुगमन गर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here