यस वर्षको मदन पुरस्कार लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह इ‌ङ्नामलाई प्रदान

182
काठमाडाैं । भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहले यस वर्षको मदन पुरस्कार प्रदान गरिएकाे छ ।

मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले उक्त कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी गराए । मदन पुरस्कार गुठीले नेपाली इतिहासका प्राथमिक सामग्रीहरुको संकलन र पहुँचलाई विस्तार गरेकाले लिम्बुवानको ऐतिहासिक दस्तावेजलाई मदन पुरस्कार प्रदान गरेको जनाएको छ ।

मदन पुरस्कार गुठीमा २०७७ सालमा प्राप्त २२२ पुस्तकमध्येबाट गुठीले ९ वटाको मदन पुरस्कार श्रेष्ठ सूची सार्वजनिक गरेको थियो ।

गिरि श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेसन कुँवरको रमिते र इङ्गनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह रहेका थिए । दिक्षितले जनाए अनुसार जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ । हेर्नुहोस् मदन पुरस्कार गुठीको विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here