दशैंंमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना

76

काठमाडौं । बडादशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ।

अनलाइन सपिङ पोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेंिडट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने बताइएको छ।

यो योजना अन्तर्गत सानिमा बैंकको डेबिट कार्ड प्रयोगकर्ताले दराजबाट सामान खरिद गरी भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजारसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार पाँच सयसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ।

यसैगरी, क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन्। योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई फर्स्ट कम फर्स्ट सर्भेको आधारमा छुट प्रदान गरिने छ। यो योजना यही असोज १० गतेदेखि असोज १८ गतेसम्म ९ दिनका लागि लागू हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here