बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट बच्च सफल

202
काठमाडौं । आज बिहान ७३ यात्रु लिएर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट बच्च सफल भएको छ । उक्त जहाज विराटनगरमा ल्यान्डिङ गियरमा समस्या आएपछि अवतरण हुन नसकी पुन काठमाडौं फर्किएको थियो । ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा अवतरण हुन नसकी जहाज काठमाडौं फर्किएको थियो ।

इमर्जेन्सी ल्याण्ड गर्ने तयारी गरिएपनि पछि पाङ्ग्रा खुलेपछि सफलतापूर्वक विमान ल्याण्ड भएको थियो ।

विमान झन्डै २ घण्टा आकाशमै होल्ड हुन पुग्यो । एकातिर विमानस्थलमा संभावित दुर्घटनाबाट बचाउने तयारी र अर्काेतर्फ जहाजको समस्या हल गर्ने अध्ययनले त्यस्तो स्थिति आएको विमानस्थल स्रोत बताउँछ ।

सोमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको थियो । जहाज काठमाडौं आएपछि आकाशमा झन्डै १० फन्को लगाएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रूपले अवतरण गरिएको बुद्ध एयरले जनाएको छ।

जहाजमा यात्रा गर्ने यात्रुहरुको सातो उडेको थियो । काठमाडौं विमानस्थलमा उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो । यात्रुहरुलाई आजै अर्काे विमान मार्फत विराटनगर जाने बुद्धएयरले गरेको व्यवस्थालाई केही यात्रुहरुले पछि जाने गरी आजको यात्रा रद्द गरेका छन् । र आज ४९ जना यात्रुलाई मात्र विराटनगर पु¥याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here