अफागानीहरु आक्रमणको डर सामाजिक सञ्जाल प्रोफाइल डिलिट गर्दै

61

अफगानिस्तानमा तालिबानकाे आक्रमणको केन्द्रमा रहने त्रासले तालिबान विराेधी अफगानहरुले सामाजिक सञ्जालबाट आफ्नो प्रोफाइल ‘डिलिट’ गर्न थालेका छन्।

१५ अगस्ट अगाडिसम्म अफगानिस्तानमा यस्ता धैरै प्रभावशाली प्रयोगकर्ताहरु थिए, जसले समाजमा हुने नीतिनियममा पनि हेरफेर गर्न सक्थे।

तर अगस्ट १५ पछि यस्ता प्रभावशाली अफगानीहरु सामाजिक सञ्जालबाट आफूले पहिला राखेको तस्बिर र विचार व्यक्त गरेका ट्वीटहरु हटाउन थालेका छन्।

कतिपयले सामाजिक सञ्जालमा आफ्नो प्रोफाइलसम्म पनि डिलिट गरेका छन्। सामाजिक सञ्जाल प्रयोग गरे पछि आफू तालिबानको आक्रमणमा पर्न सक्ने खतरा रहेकोले तस्बिर र पोस्टहरु हटाएको उनीहरुले बताएका छन्।

तालिबानले अफगानिस्तानमा अन्तरिम सरकार बनाएसँगै विगतमा आफूहरुकाे विपक्षमा रहेकाे वा विराेधी गतिविधिमा सामेल भए पनि आममाफी दिएकाे बताएकाे थियाे । तर तालिबानकाे वाचा र व्यवहारमा तालमेल भने मिलेकाे छैन । नागरिकहरु उनीहरुकाे विश्वास गर्न सकिरहेका छैनन् ।

यसैबिच तालिबानले हेल्मण्ड प्रान्तमा दाह्री काट्न प्रतिबन्ध लगाइसकेकाे छ। तालिबानले स्थानीय सैलुन सञ्चालकहरुलाई दाह्री खौरिन वा ट्रिम (छोटो) नगर्न आदेश लिएको छ।

दाह्री खौरिने वा छोटो बनाउनु इस्लामिक कानुन विपरित हुने तालिबानको दाबी गरेको थियो। तालिबानका धार्मिक प्रहरीले आदेश उल्लघंन गर्नेलाई कारवाही गरिने बताएको थियो । अन्तिरिम सरकार सञ्चालन गरेको तालिबानले आफूहरु विगतमा भन्दा फेरिएको र पुरानो व्यवहार नदोहोरिने बताए पनि व्यवहार त्यस अनुसार देखिएको छैन।

गएको अगस्ट १५ अफगानिस्तान कब्जा गरेयता तालिबानले विरोधीहरुलाई कडा दण्ड दिएको छ। गएको शनिबार तालिबानका लडाकुहरुले चारलाईको गोली हानी हत्या गरेर शव शहरको खुला स्थानमा झुण्डाएका थिए। हेरात प्रान्तमा मारिएकाहरु अपहरणकारी रहेको दाबी तालिबानको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here