फिलिपिन्सका राष्ट्रपति डुटेरटेको कार्यकाल सकिएलगत्तै सन्यास लिने घोषणा

87
President Rodrigo Roa Duterte updates the nation on the government's efforts in addressing the coronavirus disease (COVID-19) at the Malago Clubhouse in Malacañang on March 30, 2020. KING RODRIGUEZ/PRESIDENTIAL PHOTO
एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेरटेले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । उनले राष्ट्रपतिको कार्यकाल सकिएलगत्तै सन्यास लिने घोषणा गरेका हुन् ।

यसअघि आगामी चुनावमा उपराष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलेको थियो । फिलिपिन्सको संविधानमा राष्ट्रपति ६ वर्षमा एक कार्यकाल मात्र रहन पाउने व्यवस्था छ । डुटेरटेको सन् २०१६ बाट सुरु भएको कार्यकाल आगामी वर्ष समाप्त हुँदैछ ।

शनिबार डुटेरटेले राजनीतिबाट सन्यासको घोषणा गरेपछि उनका सहयोगी बोङ गोले उपराष्ट्रपतिमा उम्मेदवारी दिएका छन् ।

डुटेरटे फिलिपिन्सका विवादास्पद राष्ट्रपति हुन् जसले चालेको लागूऔषधविरुद्धको लडाईंमा हजारौंको ज्यान गएको थियो । सन् २०१७ मा भएको घटनामा ६ हजार जना मारिएका थिए । मानवअधिकारवादी संस्थाले ३० हजारसम्म मारिएको प्रतिवेदन तयार गरेका छन् ।

डुटेरटेकी छोरी सारा डुटेरटे कारपिओले राष्ट्रपतिमा उम्मेदवारी दिने सम्भावना बढेको छ । उनले गत महिना आफू या पिता मध्ये एकजनाले उम्मेदवारी दिने बताएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here