कम्युनिस्ट पार्टीको सर्वहारावर्गीय चरित्र रक्षाको प्रश्न

31

– हुकुमबहादुर सिंह

कम्युनिस्ट पार्टी पुँजीपितवर्गका विरुद्ध सर्बहारा वर्गको पार्टी हो । यसको अर्थ एउटा कम्युनिस्ट पार्टीमा सबै सदस्यहरु सर्बहारा वर्गबाट मात्रै हुन्छन् भन्ने होइन । अन्य वर्गबाट आएका सदस्यहरु पनि हुन्छन् । यसमा सर्बहारा वर्गको एउटा हिस्सा मात्र रहन्छ । तर त्यो हिस्सा निकै दृढ र निकै लडाकु हुन्छ, जसलाई सर्बहारा वर्गको अग्रदस्ता भनिन्छ । सर्बहारा वर्गको ऐतिहासिक कार्यभार पुरा गर्न असिमित त्याग गर्न सक्ने मात्र कम्युनिस्ट पार्टीमा सामेल हुन सक्दछ

एउटा कम्युनिस्ट पार्टीमा समावेश अन्य वर्गबाट आएका याने सर्बहारा वर्गबाट नआएका क्रान्तिकारीहरु अन्य वर्गका त हुन्छन तर ती वर्गका प्रतिनिधीका रुपमा पार्टीमा आएका हुँदैनन । त्यसरी आएका अन्य वर्गका सदस्यहरुले प्रथम सचेत ढङ्गले आफ्नो विश्व दृष्टिकोण बदले पछि, सर्बहारावादी विचारधाराबाट प्रेरित भए पछि, माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधाराको अध्ययनबाट आफ्नो पुरानो वर्गस्थान त्यागे पछि र तीन महान क्रान्तिकारी आन्दोलनमा सहभागी भएपछि मात्र तीनलाई सदस्यता दिईन्छ । यस बाहेक, तिनीहरुले सर्बहारा वर्गका उन्नत तत्वहरुको लागि आवश्यक पर्ने सर्तहरु पनि पुरा गर्नु पर्दछ । यसरी, यी कमरेडहरुको प्रबेशले पार्टीको सर्बहारा वर्गीय चरित्रलाई नबदलिकन आफनो पंक्तिको विस्तार गर्दछ र लडने क्षमतालाई मजबुत गर्दछ ।

यसलाई स्पष्ट पार्न माओले गरेका निम्न व्याख्या महत्वपूर्ण छन्, जसमा माओले भनेका छन्, “पार्टी संगठन सर्बहारा वर्गको सबैभन्दा अग्रगामी तत्वहरुबाट निर्माण भएको हुनुपर्दछ, यो बर्ग दुश्मनका विरुद्धको लडाईमा सर्बहारा वर्ग र क्रान्तिकारी जनसमुदायलाई नेतृत्वगर्न सक्षम जुझारु अगुवा संगठन हुनु पर्दछ ।”

एउटा कम्युनिस्ट पार्टी सर्बहारा वर्गको अग्रदस्ता यसकारणले हुन्छ किनभने यसको सोचाईलाई निर्देशन गर्ने सैद्धँन्तिक आधार माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारा हो । एउटा कम्युनिस्ट पार्टी यसको स्थापनाकालबाटै माक्र्सवाद–लेनिनवादको सिद्धान्तमा आधारित रहेको हुन्छ । साथै यसले आफ्नो लामो क्रान्तिकारी संघर्षको अवधी भरी नेपाली क्रान्तिको ठोस व्यवहारलाई सेवागर्न माक्र्सवादलाई सही तरिकाले प्रयोगमा ल्याउन आवश्यक छ । यसरी माक्र्सवाद–लेनिनवादलाई ग्रहण गरियो, रक्षा गरियो  र विकसित गरियो भने सर्वहारावर्गको मुक्ति टाडाको विषय बन्दैन ।

क्रान्तिको विकासका हरेक ऐतिहासिक चरणहरुमा पार्टीको सही राजनीतिक कार्यदिशा तथा नीतिहरु स्थापित गर्ने र प्रत्येक पटक भित्री तथा बाहिरी दुबै दुश्मनका अवसरवादी कार्यदिशा माथि विजय हासिल गर्न सकिन्छ । यसरी क्रान्तिकारी उद्देश्यलाई एउटा विजयदेखि अर्को विजयसम्म पु¥याउन नेतृत्व गर्न सम्भव छ । माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधारामा आधारित भएकोले र सधै क्रान्तिकारी कार्यदिशा अवलंवन गरेको पार्टीले आफनो सर्बहारा वर्गको अगुवा चरित्रलाई थेग्न र संपूर्ण नेपाली जनताको नेतृत्वदायी केन्द्र बन्न सकेको हुन्छ ।

माक्र्सवाद–लेनिनवादको शिक्षा अनुसार पार्टी सांच्चिकै सर्बहारा वर्गको राजनीतिक पार्टी हो कि होईन र सर्बहारा वर्गको अग्रदस्ता हो कि होईन भन्ने कुरा निर्धारण गर्न सदस्यहरुको सामाजिक स्रोतलाइ मात्र हेरेर पुग्दैन बरु यसको निर्देशक विचार, कार्यक्रम र यसको कार्यदिशा हेर्नु पर्दछ । जस्तो लेनिनले इङ्गित गर्नु भएको छ, “…… सांच्चिकै मजदुर वर्गको राजनीतिक पार्टी हो कि होईन भन्ने कुरा पूर्णतः मजदुर वर्गको सदस्यतामा भर पर्देन बरु त्यसलाई नेतृत्वगर्ने मानिसमा, कार्वाहीको अन्तरवस्तुमा र राजनीतिक कार्यनीतिमा भर पर्छ । यो पछिल्लोले मात्रै हाम्रा सामु सर्बहारा वर्गको राजीतिक पार्टी छ कि छैन भन्ने कुराको निर्धारण गर्दछ ।”

सच्चा सर्बहारावादी राजनीतिक पार्टीको सोचाई माक्र्सवाद–लेनिनवादद्वारा निर्देशित हुनु पर्दछ, यसरी मात्रै पार्टीले समाजको विकासका नियमहरुलाई आत्मसात गर्न सक्दछ, आफना लागि माक्र्सवादी–लेनिनवादी कार्यदिशा निर्धारण गर्न सक्दछ र वर्ग दुश्मन विरुद्धका संघर्षमा सर्बहारा वर्ग र क्रान्तिकारी जनसमुदायलाई निर्देशित गर्ने र तीनलाई विजयसम्म नेतृत्व गर्ने अग्रदस्ता बन्न सक्दछ ।

यदि कुनै कम्युनिस्ट पार्टी जो माक्र्सवाद–लेनिनवादबाट विचलित हुन्छ, अर्थात, यदि सर्बहारा वर्ग प्रति विश्वासघात गर्छ भने त्यसले जुनसुकै वर्गको स्वार्थको प्रतिनिधित्व गरेको दाबी गरे पनि, जे सुकै नाम दिए पनि, यसको बनोट जस्तोसुकै भए पनि कुनै पनि हालतमा त्यो सर्बहारावादीे राजनीतिक पार्टी र कम्तिमा सर्बहारा वर्गको अग्रदस्ता हुन सक्दैन । यसको विपरित, त्यो बुर्र्जुवा वर्गको राजनीतिक पार्टी, संशोधनवादी पार्टी हुन जान्छ । नेपालका केपी ओली, माधव नेपाल, प्रचण्डआदिव्दारा नेतृत्व गरिएका विभिन्न गुटले माक्र्सवाद–लेनिनवाद प्रति पूर्णत विश्वासघात गरेका छन, यिनीहरुले अझै पनि “कम्युनिष्ट पार्टी”को साईनबोर्ड झुण्ड्याए पनि तिनीहरुको पार्टी वास्तवमा नयां नोकरशाही एकाधिकार पूजीपतिको हितको रक्षा गर्ने एउटा संशोधनवादी फासिवादी पार्टी बनेका छन । अहिले यही भइरहेको छ ।

“कम्युनिष्ट पार्टी”को साईनबोर्ड झुण्ड्याएर जनतामा भ्रम छर्नेहरुको एउटा बलियो किल्ला बनिरहेको वर्तमान नेपाली कम्युनिस्ट आन्देलनमा एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका अगाडि पार्टीको सर्वहारावर्गीय चरित्रको रक्षा कसरी सम्भव छ भन्ने वारे गम्भीर बहस र क्रासन्तिकारी कार्यदिशाको विकासको आवश्यकता टडकारो रुपमा देखिएको छ । जनधारणा साप्ताहिकबाट