एस पार्टीद्वारा आफ्नो केन्द्रीय कमिटीलाई पूर्णता दिँदै

103

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले आफ्नो केन्द्रीय कमिटीलाई पूर्णता दिँदै नेताहरुको केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्यहरुको जिम्मेवारीसमेत तोकेको छ।

समाजवादीले सबै कमिटीहरुमा पठाएको अन्तरपार्टी निर्देशन (अपानि)-२ मा यसबारे विस्तृतमा उल्लेख गरेको छ।  समाजवादीको अपानि-२ अनुसार अध्यक्ष माधवकुमार नेपालले पार्टीको समग्र नेतृत्व र संसदीय दलको नेताका रुपमा काम गर्ने छन्। समाजवादीले झलनाथ खनाललाई ‘सम्मानित नेता’ भन्ने पद सिर्जना गरेको छ। खनालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।        त्यसैगरी नेपाल र खनालपछिको वरीयतामा रहनेगरी मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई समाजवादीमा ‘नेता’को पद सिर्जना गरिएको छ। न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्जको जिम्मेवारी दिइएको छ। नेपालले भने प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी पाएका छन्।  उपाध्यक्षहरु राजेन्द्र पाण्डेले राजकीय मामिला विभाग प्रमुख, प्रमेश हमालले पार्टी स्कूल विभाग प्रमुख, घनेन्द्र बस्नेतले प्रदेश १ इन्चार्ज र केदार न्यौपानेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन्। त्यस्तै, उपाध्यक्षहरु केशवलाल श्रेष्ठलाई गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथप्रसाद शाहलाई प्रदेश २ इन्चार्ज र जयन्ती राईलाई महिला फाँट इन्चार्जको जिम्मेवारी दिइएको छ।

महासचिव बेदुराम भुसाल संगठन विभाग प्रमुख रहने छन्। उपमहासचिव प्रकाश ज्वालालाई संगठन विभाग उपप्रमुखसँगै कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ।  केन्द्रीय कमिटीमा रहेका नेताहरुले जिल्ला इन्चार्ज र सहइन्चार्जसम्मको जिम्मेवारी पाएका छन्।  यस्तो छ एकीकृत समाजवादीका नेताहरुको कार्यविभाजनः

कार्यविभाजनः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here