क्रान्तिकारी माओवादीका महासचिव किरणको स्वास्थ्यमा समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना

63

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो।

एक्कासी दम बढेर छातीमा समस्या भएपछि उनलाई अस्पताल ल्याइएको नर्भिकले जनाएको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार  दम बढेर उनलाई केही  असहज भएको र त्यसमै केन्द्रित भएर उपचार जारी राखिएको छ। अस्पताल पुगाए लगत्तै नेता बैद्यको छातीको एक्सरे गरिएको थियो। सो क्रममा सामान्य दागसमेत देखिएको अस्पतालले जनाएको छ।

नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकाले आइतबार बिहान देखिएको समस्या गम्भीर नरहेकोसमेत चिकित्सकहरुले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here